CG Electronics
IME Life
NIMB

नेपालका बैंकहरुको शाखा विदेशमा खोल्न सभापति चालिसेको आग्रह

NIMB
Himalayan Bank

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विदेशमा नेपालका बैंकहरुको शाखा खोल्नुपर्ने बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले ठुलो जनसंख्या बाहिर जादाँ बाहिर पनि नेपाली बैंकका शाखा खोल्नुपर्ने बताएका हुन् ।

उनले बैंकको व्यवस्थापन लगानिकर्ताले नभई विज्ञले चलाउनुपर्ने बताए । उनले भने, ‘बैंकको व्यवस्थापन विज्ञले चलाउनुपर्छ । अहिले धेरै बैंकमा मालिक नै चेयर म्यान भएर बसेका छन् । यो विज्ञले चलाउनुपर्छ आफै किन बस्नुपर्यो । बैंकहरुलाई बाहिर मुलुकमा किन नलाने ? यति ठुलो जनसंख्या बाहिर छन् भने शाखाहरु किन नखोल्ने त त्यसको बाधाहरु के हुन् ?’
उनले नेपालका एटिएम भारतमा चल्ने तर भारत नचल्दा भारतका मानिसले नेपालमा चाहे जति खर्च गर्न नसक्ने पनि बताए ।

‘हाम्रो एटिएम भारतमा चल्छ यहाँबाट हस्पिटल जानेहरुले चलाइरहनुभएको छ । भारतका मानिसहरुको यहाँ चलाए त पैसा बोकेर ल्याउन परेन उ सँग जति क्यापिटल छ उसले त्यति खर्च गर्छ,’ उनले भने । यस्तै बैठकमा सांसद विनोद चौधरीले बैंकका व्यवस्थापक, बोर्डहरु राम्रो काम गरे लगानीकर्ता उत्साहि हुने र बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।

उनले भने, ‘बैंक चलाउनुपर्ने काम बैंकर कै हो । विज्ञ कै हो । बैंकको बोर्डमा विज्ञहरु नै हुनुपर्छ । बैंकको व्यवस्थापन, बोर्डहरुले राम्रो काम गर्यो भने लगानीकर्ताको लगानी स्वत जोगिन्छ । आउने बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँछ ।’

उनले नेपालले बाहिर बैंकका शाखा खोली लगानी गर्ने सोच बनाएर नेपालीको पूँजी समेट्ने पनि बताए । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरिएको थियो ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...