Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालका बैंकहरुको शाखा विदेशमा खोल्न सभापति चालिसेको आग्रह

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विदेशमा नेपालका बैंकहरुको शाखा खोल्नुपर्ने बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले ठुलो जनसंख्या बाहिर जादाँ बाहिर पनि नेपाली बैंकका शाखा खोल्नुपर्ने बताएका हुन् ।

उनले बैंकको व्यवस्थापन लगानिकर्ताले नभई विज्ञले चलाउनुपर्ने बताए । उनले भने, ‘बैंकको व्यवस्थापन विज्ञले चलाउनुपर्छ । अहिले धेरै बैंकमा मालिक नै चेयर म्यान भएर बसेका छन् । यो विज्ञले चलाउनुपर्छ आफै किन बस्नुपर्यो । बैंकहरुलाई बाहिर मुलुकमा किन नलाने ? यति ठुलो जनसंख्या बाहिर छन् भने शाखाहरु किन नखोल्ने त त्यसको बाधाहरु के हुन् ?’
उनले नेपालका एटिएम भारतमा चल्ने तर भारत नचल्दा भारतका मानिसले नेपालमा चाहे जति खर्च गर्न नसक्ने पनि बताए ।

‘हाम्रो एटिएम भारतमा चल्छ यहाँबाट हस्पिटल जानेहरुले चलाइरहनुभएको छ । भारतका मानिसहरुको यहाँ चलाए त पैसा बोकेर ल्याउन परेन उ सँग जति क्यापिटल छ उसले त्यति खर्च गर्छ,’ उनले भने । यस्तै बैठकमा सांसद विनोद चौधरीले बैंकका व्यवस्थापक, बोर्डहरु राम्रो काम गरे लगानीकर्ता उत्साहि हुने र बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।

उनले भने, ‘बैंक चलाउनुपर्ने काम बैंकर कै हो । विज्ञ कै हो । बैंकको बोर्डमा विज्ञहरु नै हुनुपर्छ । बैंकको व्यवस्थापन, बोर्डहरुले राम्रो काम गर्यो भने लगानीकर्ताको लगानी स्वत जोगिन्छ । आउने बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँछ ।’

उनले नेपालले बाहिर बैंकका शाखा खोली लगानी गर्ने सोच बनाएर नेपालीको पूँजी समेट्ने पनि बताए । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरिएको थियो ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...