CG Electronics
IME Life
Ncell NPL

साताको अन्तिम कारोबार दिन बिहिवार २७ सय बिन्दु माथी पुग्यो नेप्से

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ ।

बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो । यद्यपी, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि घटेको छ । बुधबार ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३११ स्टकको ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर मात्र खरिद विक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स आज २.१९ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.०२ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.८५ अंकले बढेको छ । यस दिन नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९४.२० रुपैयाँमा अन्तिम करोबार भएको छ । खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३१.०१ रुपैयाँले बढेर ४६३.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, सम्वृद्धि फानान्सको शेयर मूल्य ३४.३१ रुपैयाँले बढेर ५१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । भुगोल इनर्जी विकास कम्पनीको र सयपत्रि हाइड्रोको शेयर मूल्यमा पनि क्रमशः ४५.१३ रुपैयाँ र ४१.५१ रुपैयाँले बढेर प्रतिकित्ता ७१०.५९ र ६७३.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधि जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र सप्तकोशी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २४९.८८ रुपैयाँले घटेर २२६०.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको शेयर पनि प्रतिकित्ता १२२.२५ रुपैयाँले घटेर ११००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा सम्झौता

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१०

  काठमाडौँ, वैशाख १७ — Nepal Bank Limited र Rastriya...