Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

साताको अन्तिम कारोबार दिन बिहिवार २७ सय बिन्दु माथी पुग्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ ।

बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो । यद्यपी, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि घटेको छ । बुधबार ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३११ स्टकको ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर मात्र खरिद विक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स आज २.१९ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.०२ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.८५ अंकले बढेको छ । यस दिन नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९४.२० रुपैयाँमा अन्तिम करोबार भएको छ । खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३१.०१ रुपैयाँले बढेर ४६३.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, सम्वृद्धि फानान्सको शेयर मूल्य ३४.३१ रुपैयाँले बढेर ५१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । भुगोल इनर्जी विकास कम्पनीको र सयपत्रि हाइड्रोको शेयर मूल्यमा पनि क्रमशः ४५.१३ रुपैयाँ र ४१.५१ रुपैयाँले बढेर प्रतिकित्ता ७१०.५९ र ६७३.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधि जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र सप्तकोशी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २४९.८८ रुपैयाँले घटेर २२६०.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको शेयर पनि प्रतिकित्ता १२२.२५ रुपैयाँले घटेर ११००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...