Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचिने स्थिति आयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक्रममा बोल्दै उनले समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘पूँजीवाद र समाजवादको एउटा आधारभूत अन्तर भनेको पूँजीवाद व्यक्तिवादमा आधारित छ भने समाजवाद सामूहिकतामा आधारित दर्शन हो । तर आजभोलि व्यवहारमा व्यक्तिवादको प्रयोग गर्ने प्रवृत्ति हाबी भएको छ ।’

संविधानमा उल्लेखित प्रगतिशील र लोकप्रिय मूल्यहरू उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको नाममा जनताको विश्वासमाथि चलखेल भएको आरोप लगाए ।

उनले संविधानमा उल्लेख गरिएका मूल मान्यता र मूल्यहरूलाई इमान्दारीपूर्वक लागू गर्ने एउटा विचार र प्रवृत्ति भएको उल्लेख गर्दै त्यसको विरुद्धमा संविधानमै भएका उपलब्धिहरूलाई कमजोर पार्ने अभियान पनि चलिरहेको बताए ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

मन्त्री गुप्ताले दिए राजीनामा

मन्त्री गुप्ताले दिए राजीनामा

वि.सं.२०८२ असार ३१ मंगलवार १६:१२

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले...

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२२

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन...

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:१४

  काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर...