Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।

पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।

अर्थ समितिको आइतबारको बैठकमाउनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे । गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए ।

‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तिय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो । बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नक्दैन । मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन । ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन उनले भने ’ ।

सांसद भगवती चौधरीले सानो पुँजी भएका वित्तीय संस्थालाई दुई प्रतिशतको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताइन् ।

‘वित्त कम्पनीहरु स्लो मोसनमा अगाडि बढ्यो होला । २ प्रतिशत एकैचोटि धेरैलाई गर्दा एक प्रतिशत पनि बाँटफाँट गर्न पर्नेभयो । बैंकरहरुले कर्जा लिन नपाउने हुँदा २ प्रतिशतमा राख्दै राम्र्रो हुन्छ भन्ने लाग्छ,’ उनले भनिन् । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैंकहरु सरकारी स्वामित्वको मात्रै हुनुपर्ने माग राखेका थिए ।

‘पार्टीले देश सन्चालन गर्ने हो । दर्शन, सिद्धान्त र व्यवहारको आधारमा देश चल्दैन । त्यही भएर अर्थतन्त्र पनि त्यही बाटोमा गएको छ । अर्थतन्त्र जसले हात पार्छ राजनीति पनि उसले नै हात पार्ने भए त दर्शन, सिद्धान्त काम लाग्दैन । कसैले बैकं खोलेर राजनीति गर्छ भने कसैले फरक तरिकाले गर्छ । निजी बैकंहरु र वित्तिय संस्था स्थापना गर्ने होइन । बैंकहरु राज्यकै स्वामित्वको मात्रै हुनुपर्छ,’ उनले भने ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

वि.सं.२०८२ असार २९ आइतवार ०७:३९

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ...