IME Life
NIMB

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

NIMB
Himalayan Bank

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसंगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसवारे जानकारी दिएको हो ।

काठमाडौंका स्थानिय मेकानिकलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले वोश ब्रान्डको स्पयेर पाट्र्सको बजारिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा स्थानिय वितरक, मेकानिक्स र बोश भारतका विशिष्ट व्यक्तित्वहरु सहित १५० जना बढि सहभागि थिए ।

नेपाली बजारकै लागि भनेर विशेष रुपले डिजाइन गरिएको यस एप बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सलाई लक्षित गरि ल्याइएको हो । कार्यक्रममा बोल्दै बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रको लागि एक महत्वपूर्ण बजार रहेको बताइन ।

‘हाम्रो बोश’ कार्यक्रमले स्थानिय स्तरमा खुलेका ग्यारेजलाई ओरिजिनल बोश पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहन प्रदान गर्ने भएकाले यस मोबाइल एपमार्फत पोइन्टहरू ट्रयाकिङ र रिडिम गर्न सहज अनुभव प्रदान गर्ने उनको भनाई थियो ।

बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा उन्नत उत्पादनहरू र प्रविधिहरू परिचय गराउनमा बोश सधैं अग्रणी रहेको बताए । ‘हाम्रो बोश ले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिबिम्बित गर्दछ’ उनले भने ।

सत्यदिप इन्टरनेश्नलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढि समयदेखी नेपाली बजारमा बोशसंग आबद्ध हन पाउनु गर्बको विषय रहेको बताए । उनले भने, ‘अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा हामी हर्षित छौ । हाम्रो बलियो वितरण नेटवर्कका कारण यस कार्यक्रमले बोशको बजारिकरणमा सहयोग पुर्याउने छ ।’

अटोमोटिभ क्षेत्र बाहेक बोशले विश्वभर पावर टूल्स, विल्डिङ टेक्नोलोजीज र बोश होम अप्लायन्सेसमा नवीन उत्पादनहरू बिक्री गर्दै आएको छ ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...