CG Electronics
IME Life
NIMB

शाओमी पावर बैंक : सुपर फास्ट, सधैं चार्ज

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आजको व्यस्त जीवनमा, हाम्रा इलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिक जीवनशैलीको अभिन्न अंग बनेका छन् । तर इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोग गर्दा तिनीहरूको ब्याट्री कम हुँदै जान्छ । ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला, वा घरबाट धेरै घण्टा बाहिर भएको बेला, एउटा राम्रो र भरपर्दो पावर बैंकले तपाईंको फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटहरूलाई चालु राख्छ ।
यस्ता परिस्थितिहरूको सामना गर्न, ग्लोबल टेक्नोलोजी लिडर शाओमीका भरपर्दो र टिकाउ पावर बैंकहरु नेपाली बजारमा सर्बशुलभ रुपमा र सरल मूल्यमा उपलब्ध छन् । शाओमीका रु. ३,४९९ देखि रु=४,९९९ सम्मका पावर बैंकहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

शाओमी पावर बैंक ४आइ १०००० एम ए एच रु= ३,४९९
यो २२.५ वाट फास्ट चार्गिंग पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । यसमा यु एस बि – सी र यु एस बि – ए दुबै पोर्ट छन्, र यसले टु वे चार्जिङ पनि सपोर्ट गर्छ -मतलब पावर बैंक चार्ज गर्दा तपाईंको फोन पनि चार्ज गर्न सकिन्छ_ । यसको १८ वाट चार्जरले ४ घण्टामै दिभाइसलाई पूरै चार्ज गर्छ । क्ल्यासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रंगहरुमा उपलब्ध यो पावर बैंक दिनभर आफूले प्रयोग गर्ने दिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको लागि एकदमै उपयुक्त छ ।

शाओमी पकेट पावर बैंक १०००० एम ए एच रु= ४२९९
यसमा बिल्ट–इन केबल भएकोले तपाईंलाई अलग्गै चर्जिङ्ग केबल चाहिँदैन । ४आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । बिल्ट–इन केबल र यु एस बि – सी र यु एस बि – ए दुबै पोर्टले ३.५ घण्टामा पूरै चार्ज हुन्छ र यो पावर बैंक मरून र ब्लू रंगमा उपलब्ध छ ।

रेड्मी पावर बैंक २०००० एम ए एच रु= ४,४९९
यदि तपाईलाई धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २००००एम ए एच तपाईको लागि उपयुक्त हुनेछ । यसमा भएका सुरक्षा सुविधाहरू अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्याहरू विरुद्ध १२ लेयर सुरक्षा दिन्छ । यस भित्रको लिथियम पोलिमर ब्याटरीहरु सामान्यभन्दा बढी सुरक्षित र एफिसिएन्ट छन् । कालो र सेतो रंगमा उपलब्ध यो पावर बैंक, धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका ठाउँमा, र लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ ।

शाओमी पावर बैंक ४आई २०००० एम ए एच रु= ४,९९९
३३ वाट सोनीक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ र फिटनेस ट्रयाकर वाच जस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ। १२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरु -टाइप सी इनपुट, ताइप सी आउटपुट र दुईवटा यु एस बि – ए आउटपुट_ सहित, यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घण्टा लाग्छ र जेट ब्ल्याक, ना इ ट्रो ग्रीन र तर्बो ब्लू रंगहरुमा उपलब्ध छ ।

शाओमी नै किन छान्ने ?

शाओमी पावर बैंकहरूले फास्ट चार्जिङ, मजबूत बनावट र सुरक्षा सुविधाहरूलाई किफायती मूल्यमा ग्राहकहरुमा उपलब्ध गराएको छ । नवीनतम् प्रविधि र दैनिक आवश्यकता अनुसार यिनीहरू वास्तविक प्रयोगको लागि बनाइएका छन् । विद्यार्थी, कुनै पेशा, वा धेरै प्रविधि प्रयोग गर्ने व्यक्ति सम्म, तपाईंको जीवनशैली र बजेट अनुसार शाओमीका पावर बैंकहरु विभिन्न मूल्यमा र विविध सुविधासहित उपलब्ध छन् ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...