CG Electronics
IME Life
NIMB

उपसभापति खड्काले बाँडे २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सुर्खेत । २०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका धनबहादुर सार्कीले ५२ बर्षपछि आफुले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा पाएपछि हर्षका आँशुका अब मरेपनि सन्तोषले मरिने भयो भनेर खुशी व्यक्त गरे । ५२ बर्षदेखि एलानीमै बस्दै आएका ८२ बर्षिय धनबहादुरलाई जग्गाधनी पुर्जा पाए पछि अब आफ्ना नम्बरी जग्गाकै घरमा मर्न पाउँछु भन्ने आशाको खुशी ब्यक्त गरे । जग्गा भएपनि पुर्जा नहुँदा कतिखेर के हुन्छ भन्ने चिन्नामा पाँच दशक लामो समय बिताएका उनले शुक्रबारदेखि ढुक्कको सास फेरेको बताए ।

‘२०२७ सालमा बुवाले ६ हजार रुपैयाँमा किनेको १७ रोपनी ऐलानी जमिनको जग्गाधनी पुर्जा पाए पछि आफ्नै जग्गा हो भन्ने लागेको छ’ उनले भावुक भएर भने, ‘जमिन जोत्दै आए पनि आफ्ना नाममा थिएन आज बल्ल मेरै हो भन्ने लागेको छ ।’ भेरीगंगा नगरपालिकाकी ७१ वर्षीया मोती खत्रीले पनि बसोबास गरेको ५२ बर्ष पछि जग्गाधनी पुर्जा पाईन् । सुर्खेतकै सिम्ताबाट ५२ बर्ष अघि भेरीगंगा आएको उनको परिवारले पनि पाँच दशक लामोसमय लानी जग्गा खनजोतमै बिताएको सम्झिदै जग्गा धनी पुर्जा पाउँदा खुशी लागेको बताइन् ।

‘बस्तीमा सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधार भए पनि लालपूर्जा नहुँदा कसाइँको स्थायित्व थिएन’ उनले भनिन्, ‘लालजपुर्जा पाए पछि अब ढुक्क भयौ ।’ सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका बस्तीहरुमा राजनितिक दलहरुले जग्गाधनीपुर्जा बाड्ने चुनावी नारा बनाउँदै आएपनि सुकुम्बासीले पुर्जा पाएका थिएनन् ।

‘नेताहरुले हामी लालपुर्जा दिन५ौ भनेर हरेक चुनावमा आश्वासन बाँडे’ लेकबेशी नगरपालिकाका ८८ बर्षिय बलबहादुर ज्ञवालीले भने, ‘पटक पटक जग्गा नापी पनि भयो तर बर्षौ पछि अहिले जग्गाधनी पुर्जा पायौं ।’ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार लेकबेशी र भेरीगंगा नगरपालिकाका २४७ भुमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र बाँडेका थिए ।जग्गाधनी प्रमाण पत्र वितरण गर्दै उपसभापति खड्काले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नु वर्तमान सरकारको ऐतिहासिक उपलब्धि भएको बताए ।

भूमि सम्बन्धी समस्या समाधानका लागि भुमिसम्बन्धीको ऐन आएपछि सबै नागरिकलाई जग्गाविहीन हुन नदिने गरी वर्तमान गठबन्धन सरकारले काम गरिरहेको उनको भनाई छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष केशरहादुर ओलीले प्रक्रिया पूरा भएका सबै नागरिकलाई जग्गाधनी पुर्जा वितरणमा आयोग लागेको बताए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...