IME Life
NIMB

पासाङकाजी शेर्पा फोनिज संघीय सल्लाहकारमा मनोनित

NIMB
Himalayan Bank

 

काठमाडौं। वरिष्ठ समाजसेवी तथा फोटो पत्रकार पासाङकाजी शेर्पा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सल्लाहकारमा मनोनित भएका छन्।

फोनिजको जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आएका शेर्पाको पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गर्दै संघीय सल्लाहकारमा मनोनयन गरिएको फोनिजका एक पदाधिकारीले जानकारी दिए। संघीय सल्लाहकारमा मनोनित भएसँगै शेर्पाले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका छन्।

फोनिज संघीय सचिवालयको गत शुक्रबार अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा बसेको बैठकले १३ जना पत्रकार तथा व्यक्तित्वहरुलाई संघीय सल्लाहकारमा मनोनयन गरेको हो।

सल्लाहकार समितिको संयोजकमा फोनिजका निवर्तमान अध्यक्ष गजुरधन राई चयन भएका छन्। विधान अनुसार निवर्तमान अध्यक्षले संयोजक रहने व्यवस्था छ।

त्यस्तै सल्लाहकार समितिका सदस्यमा पूर्व अध्यक्षहरु — चन्द्रसिंह कुलुङ, खिम घले, मोहनसिंह लामा, डण्ड गुरुङ तथा उजीर मगर, मनोज घर्ती मगर, भैरव आङ्ला, अमरध्वज लामा, शान्ति गुरुङ, पुस्करभक्त माथेमा र सुकदेव चौधरी चयन भएका छन्।

बैठकले लेखा समिति सदस्यमा मञ्जु तामाङ र अनुशासन समितिको संयोजकमा निम्लिकी शेर्पा तथा सदस्यमा सन्तोष दहित र पूर्णिमा शाक्यलाई मनोनयन गरेको छ।

गत चैत २९–३० गते सम्पन्न आठौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको फोनिजको संघीय समिति ४९ सदस्यीय रहने व्यवस्था छ। सचिवालय बैठकले आउँदो २६ औं वार्षिकोत्सव भव्यताका साथ मनाउने निर्णय समेत गरेको छ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...