सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको भव्य उद्घाटन, देशभर २५ भन्दा बढी शहरमा सेवा विस्तार
Wednesday Jul 30, 2025
वि.सं.२०८२ साउन १४ बुधवार ०९:२७
काठमाडौं । बिराटनगर, २०८२।०४।१२ – सारथी लॉजिस्टिक्स प्रा.लि.ले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको अभियानलाई थप गति दिएको छ। उद्घाटन समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट सुरु हुने बुकिङ सेवामार्फत देशभरका २५ भन्दा बढी मुख्य शहरहरूमा सेवा प्रदान गर्ने घोषणा गरेको छ।
उक्त सेवा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी, नारायणघाट, बुटवल, भैरहवा, तुल्सीपुर, नेपालगञ्ज, काठमाडौं, पोखरा लगायतका प्रमुख गन्तव्यहरूमा उपलब्ध हुनेछ।
कार्यक्रममा बोल्दै सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार न्यौपानेले भने, “विराटनगरजस्तो मुख्य व्यापारिक केन्द्रमा हाम्रो उपस्थिति विस्तार हुनु हाम्रो देशव्यापी पहुँचको महत्वपूर्ण पाटो हो। हामी विश्वसनीय, किफायती, र प्रविधिमैत्री सेवामार्फत सबै शहर र गाउँहरूलाई जोड्ने लक्ष्यमा अघि बढिरहेका छौं।”
उद्घाटन समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्योगी, व्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीले पारदर्शिता, ग्राहक सन्तुष्टि, र राष्ट्रप्रति उत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

























