CG Electronics
IME Life
NIMB

इतिहास ब्यूँताएको ललितपुरको अग्निसेवा : अत्याधुनिकदेखि १०६ बर्षे यन्त्रको रोचक सेवा

NIMB
Himalayan Bank

काठमाडौं । ललितपुरका पूराना गल्लीबाट चर्को स्वरमा साइरन बज्दै गर्दा मान्छे मात्र होइन शहरको मुटु नै धड्किन थाल्छ । त्यो आवाज आम मानिसलाई त्रासलाग्दो बन्न सक्छ । तर ललितपुर महानगरको दमकल टोलीका लागि त्यो कर्तव्यको आह्वान हो ।

यही टोलीको अगुवाइ गर्दै आएका छन् कमाण्डर राजकुमार ठकुरी । जसले इतिहास जोगाउँदै, आधुनिकतासँग पाइला मिलाउँदै यो सेवा सञ्चालन गरिरहेका छन् ।

१०६ बर्षे इतिहास बोकेको दमकल कार्यालयको शिरमा लेखिएको छ–‘जुद्ध बारुण यन्त्र ।’ धेरैलाई थाहा नहुन सक्छ, यो नाम जुद्ध शम्सेर राणाको पालामा स्थापना भएको संस्था हो । सन् २००१ सालमा, आगलागी नियन्त्रणको कल्पनासमेत कठिन मानिने बेला, दमकलको स्थापना भएको थियो । आज, सोही दमकल इतिहासको गाथा मात्र होइन, जीवनरक्षक सेवा पनि बनेको छ ।

कमाण्डर ठकुरीका अनुसार, अहिले कार्यालयमा पाँचवटा दमकल ट्रक छन । तीमध्ये तीनवटा ठूला फायर ट्रक, एक वटा पानी ट्यांकर, र दुई वटा मिनी दमकल ट्रक छन् । ती दमकलमा २५०० लिटर पानी र ३०० लिटर केमिकल फोम अट्छ । अहिले त झन ललितपुर महानगरमा दुईवटा अत्याधुनिक जापानी फायर ट्रक पनि आएका छन् — जो एकैचोटि आधुनिकता, गति, र सुरक्षा लिएर आएका छन् । ती ट्रकले एक मिनेटमा टावर जत्रो अग्लो भवनमाथि पनि पानी फाल्न सक्छन् । तर, सबैभन्दा अनौठो कथा छ — १०६ वर्ष पुरानो दमकलको, जुन अझै जिउँदो छ । ‘मान्छे मर्छन्, तर तिनीहरूले बनाएका संरचनाले इतिहास बाँचिरहन्छ,’ कमाण्डर ठकुरी भन्छन् ।

यो पुरानो दमकल झम्सिखेलस्थित महानगर प्रहरी कार्यालयमा सुरक्षित रूपमा राखिएको छ । पहिलेचोटि चल्न सकेको यो दमकल अहिले फेरि पुनःनिर्माण गरेर तयारी अवस्थामा राखिएको छ । कतिपय पर्यटक र स्थानीय यो ऐतिहासिक यन्त्र हेर्न आउँछन् । अब त महानगरले यो दमकललाई म्युजियममा राख्ने योजना पनि बनाएको छ ।

‘हामीलाई आगलागीको खबर आयो भने दुई मिनेटमै तयार हुन्छौं,’ कमाण्डर ठकुरी गर्वका साथ भन्छन् । यद्यपि, सवारी चाप कहिले काहीं चुनौती बन्न सक्छ, तर टीम जतिसक्दो छिटो घटना स्थलमा पुग्ने प्रयास गर्छ । अहिलेसम्म १५० भन्दा बढी आगलागीका घटनामा दमकल, नगर प्रहरी र एम्बुलेन्स एकैसाथ परिचालन भइसकेका छन् । जुनसुकै वेला विपत आए पनि, यो टोली सिर्जनशीलता, समर्पण र गति लिएर पुग्छ ।

यसरी हेर्दा, ललितपुरको दमकल सेवा केवल आगो निभाउने यन्त्र मात्र होइन, यो इतिहास, सेवा र समर्पणको प्रतीक बनेको छ, जसले समयको परिवर्तनसँगै आफैलाई परिष्कृत गर्दै आधुनिक अग्निशमन प्रणालीमा रूपान्तरण गरेको छ । पुरानो दमकल गत बर्ष नै पुनः सञ्चालनमा ल्याइएको थियो । काम नगर्ने अवस्थाको दमकल मर्मत पश्चात् पूर्णरूपमा पुनः प्रयोग गर्नेगरि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनबाट डेमो देखाइ सुभारम्भ गरेका थिए ।

इतिहास बोकेको उक्त डेनिस दमकलसहित अन्य आधुनिक दमकलमार्फत ललितपुर महानगरले सेवा प्रदान गरिरहेको छ । २५ तलासम्म आगो निभाउन सक्ने दुईवटा नयाँ दकमल पाँच करोड ६५ लाख रुपैयाँमा इजुसी कम्पनीबाट खरिद गरिएका हुन् ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...