CG Electronics
IME Life
NIMB

कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित राष्ट्रिय कोदो दिवस मनाइँदै

NIMB
Himalayan Bank

काठमाडौं । सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो ।

चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कोदो रोपाइँ गरी दिवस मनाउन लागिएको हो ।

साना किसानको आय आर्जन वढाउन, खाद्य तथा पोषण सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउदै खाद्य प्रणालीको रुपान्तरण गर्न कोदोजन्य बालीको महत्वपूर्ण भूमिका रहने सरकारको बुझाइ छ ।

त्यसकारण राष्ट्रियस्तरमा कोदोजन्य बालीको महत्व र भूमिका लाई थप उजागर गरि खेती विस्तार र प्रवद्र्धनमा संयुक्त प्रयासहरु केन्द्रित गर्न यसै बर्ष देखि राष्ट्रिय कोदो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जजेलले बताए ।

उनका अनुसार विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि पछिल्लो समय कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको छ ।

‘नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्रायः उपयुक्त नै देखिन्छ । जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन् । यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा पर्छन,’ उनले भने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आव २०८०/८१ को तथ्याङ्क अनुसार २ लाख २४ हजार ९ सय ३५ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती गरिएको थियो । जसमा ३ लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

हालको अवस्थामा कोदोजन्य बालीको उत्पादकत्व १.३३ मेट्रिक टन प्रति हेक्टर रहेको छ । कोदोजन्य बालीहरुमा उन्नत प्रबिधिको प्रयोग, सिचाई, मलखादको व्यवस्था गर्न सकेमा कोदोजन्य बालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउन सकिने प्रवल सम्भावना रहेको विभाग द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि विभिन्न गतिविधिहरु सञ्चालन गरि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइएको थियो । त्यसपछि बिभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ ।

भन्सार बिभागको पछिल्लो तथ्याङ्क अनुसार गत आव २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य बस्तु आयात भएको छ । सोही बर्ष नेपालले ९४ लाख ७ हजार बराबरको ७० मेट्रिक टन कोदोजन्य उत्पादनको निर्यात भएको गरेको भन्सारको तथ्यांकले देखाएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...