CG Electronics
IME Life
NIMB

सामसङ ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को नेपालमा प्रि-अर्डर खुल्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सामसङ नेपालले नयाँ फोल्डेबल स्मार्टफोनहरू — ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ — को प्रि-अर्डर घोषणा गरेको छ। साउन २२ गतेदेखि साउन २९ गते (August 7–14, 2025) सम्म यी उपकरणहरूको प्रि-अर्डर गर्न सकिने सामसङ नेपालले जनाएको छ।

ग्लोबल अनप्याक्ड कार्यक्रममा सार्वजनिक गरिएका यी स्मार्टफोनहरू अल्ट्रा-पातलो, हलुका र ए.आइ प्रविधिसहित बजारमा आएका छन्।

ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोन प्रविधिमा नयाँ मानक स्थापित गर्दै डिजाइन, क्यामेरा र स्मार्ट कार्यक्षमता एकसाथ ल्याएको छ। ठूलो र इमर्सिभ डिस्प्लेले मल्टिटास्किङ र उत्पादकत्वमा नयाँ उचाइ प्रदान गर्ने कम्पनीको दाबी छ।

त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप७ झन् ठूलो कभर स्क्रिन, फ्ल्यागशिप क्यामेरा र स्मार्ट ए.आइ फिचरहरूसँग दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको छ। ४.१ इन्चको फ्लेक्सविन्डो स्क्रिन र १.२५ मिमी मोटाइको बेझेलले यो फ्लिप सिरिजकै अहिलेसम्मकै उत्कृष्ट स्क्रिन बनाएको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड७ लाई फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गर्ने डिभाइस भएको बताए।

फ्लिप७ मा क्यामेरा स्टेबलाइजेसन, रङ सटीकता, थर्मल म्यानेजमेन्ट र ब्याट्री सुधार जस्ता पक्षमा उल्लेख्य सुधार गरिएको छ।

प्रि-अर्डर अवधिभर विशेष अफरहरू समेत रहने अपेक्षा गरिएको छ।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...