CG Electronics
IME Life
NIMB

जम्मु-कश्मीरबारे काठमाडौंस्थित पाकिस्तान दूतावासमा कार्यक्रम, ‘योम-ए-इस्तेहसाल’ मनाइयो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले आज “योम-ए-इस्तेहसाल: राजनीतिक र मानवीय असर” शीर्षकमा एक विचार कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा पत्रकार, लेखक, विश्लेषकहरू तथा मानव अधिकारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका सन्देशहरू वाचन गरिएको थियो।

राष्ट्रपति आसिफ अलि जरदारीले आफ्नो सन्देशमा भारतीय अवैध कब्जामा रहेको जम्मु-कश्मीर (IIOJK) का जनताप्रति पाकिस्तानको दृढ समर्थन पुनः पुष्टि गरे। उनले भारतले क्षेत्रको जनसांख्यिक र राजनीतिक संरचना परिवर्तन गर्ने प्रयासहरू, जस्तै सीमांकन हेरफेर, सामूहिक गिरफ्तारी, तथा सञ्चारमाध्यमहरूको दमनको निन्दा गरे। उनले कश्मीर विवादको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावअनुसार समाधान आवश्यक रहेको र पाकिस्तानले राजनीतिक, नैतिक र कूटनीतिक समर्थन जारी राख्ने बताए।

प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफले सन्देशमा ५ अगस्ट २०१९ देखि भारतले IIOJK को स्थिति परिवर्तन गर्न गरेको गैरकानुनी कार्यको कडा निन्दा गरे। उनले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तानको समर्थन अविचलित रहने बताए।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डारले भने, भारतले छ वर्षअघि IIOJK को विवादित स्थितिमा एकपक्षीय कदम चालेको, र हालसम्म त्यहाँको जनसांख्यिक तथा राजनीतिक संरचना परिवर्तन गर्ने उपायहरू लागू गरिरहेको बताए।

दूतावासका राजदूत अबरार एच. हाशमीले आफ्नो मन्तव्यमा भने, यो दिन भारतीय कब्जामुक्त जम्मु-कश्मीरमा भइरहेको निरन्तर उत्पीडनको गम्भीर स्मरण हो। उनले क्षेत्रीय स्थायीत्वको लागि कश्मीर विवादको न्यायसंगत समाधान अपरिहार्य भएको बताए।

कार्यक्रमपछि भएको छलफलमा सहभागीहरूले कश्मीरी जनताको पीडा अन्तर्राष्ट्रिय जगतमा उठाउनु पर्नेमा जोड दिए। साथै, भारत-पाकिस्तानबीचको विवाद समाधानका लागि नेपाली सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखे।

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४५

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो रु...

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा...

वि.सं.२०८२ साउन ६ मंगलवार ०९:२२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...