NADA AUTO SHOW -2026
IME Life
NIMB

अग्नि ग्रुपले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘बीजी’, दुई मोडल नेपाली बजारमा सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइंक प्रालि ले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस’ (BG) सार्वजनिक गरेको छ। राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा दुई मोडल— बीजी आरयूभी ३५० र बीजी सी १२— नेपाली बजारमा प्रस्तुत गरिएको हो।

बीजी आरयूभी ३५० दुई भेरिएन्टमा उपलब्ध छन्— RUV 350 IEX (मूल्य: रू. २,७९,४००) र RUV Max (मूल्य: रू. ३,२५,३००)। कम्पनीका अनुसार यो ‘इलेक्ट्रिक स्कुटरहरूको बिग ब्रदर’ हो, जसले स्कुटर र बाइक दुवैको विशेषता संयोजन गर्छ। यसमा १६ इन्चको अलोय ह्विल, १६० मिमि ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस, फुल मेटल बडी, १६५ एनएम टर्क, ७५ किमि/घन्टा टप स्पिड, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड, र IP67 रेटेड मोटर-ब्याट्री जस्ता विशेषता छन्।

 

बीजी सी १२ पनि दुई भेरिएन्टमा आएको छ— C12 IEX (मूल्य: रू. २,२८,४००) र C12 Max 3.0 (मूल्य: रू. ३,०४,९००)। यो परिवारका लागि स्मार्ट इलेक्ट्रिक स्कुटरको रूपमा डिजाइन गरिएको छ। फराकिलो लेगरुम, २३ लिटर अन्डर-सिट स्टोरेज, TFT स्मार्ट डिस्प्ले, USB चार्जिङ, रिभर्स मोड, IP67 रेटेड ब्याट्री, एयर-कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, र ३ वर्षको ब्याट्री वारेन्टी यसको प्रमुख विशेषता हुन्।

अग्नि ग्रुपले विगत तीन दशकदेखि गुणस्तरीय र प्रविधिमैत्री सवारी साधन बजारमा ल्याउँदै आएको छ। बिगसको उत्पादन केन्द्र भारतको पुणेमा रहेको छ, जसको वार्षिक उत्पादन क्षमता एक लाख युनिट छ।

 

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा बन्यो सबैभन्दा बढी कमाउने बैंक

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:२९

  काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:१८

काठमाडौ । नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने...

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:०७

  जनकपुर। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी किनेपछिका सबै सेवाको पनि एकैथलो प्रदर्शनी

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:५४

  काठमाडौं, भदौ ५ । यो महिना नेपाली अटो बजारमा...

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:४५

  काठमाडौं, भदौ ५। नेपालमा कमर्शियल लन्ड्री व्यवसायको बढ्दो सम्भावना...

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...