NADA AUTO SHOW -2026
IME Life
NIMB

३० प्रतिशत डाउनपेमेन्टमै रिभोल्ट इलेक्ट्रिक बाइक, १० हजार रुपैयाँ नगद छुटसहित

NIMB
leapmotornepal (citroen)

काठमाडौं । रिभोल्ट मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुप ले नाइमा विशेष अफर सार्वजनिक गरेको छ। अफर अनुसार ग्राहकले रिभोल्टका इलेक्ट्रिक मोटरसाइकल केवल ३० प्रतिशत डाउनपेमेन्टमै खरिद गर्न सक्नेछन्। साथै, कम्पनीले रू. १०,००० नगद छुट पनि दिनेछ।

बाँकी ७० प्रतिशत रकम ५.९९% ब्याजदरमा सहज किस्ताबन्दीमार्फत भुक्तानी गर्न सकिनेछ। यस स्किमअन्तर्गत लोन प्रोसेसिङ शुल्क नलिई ३० मिनेटमै कर्जा स्वीकृत गरेर मोटरसाइकल डेलिभरी दिने कम्पनीको दाबी छ।

रिभोल्टका पाँच मोडलहरू नेपाली बजारमा उपलब्ध छन् — RV 400, RV 400 BRZ, BlazeX, RV 1, र RV 1 Plus। मूल्य रू. २,९९,००० देखि सुरु हुन्छ। RV 1 मा २.२ kWh ब्याट्री र २.८ kW मोटर जडान गरिएको छ, जसले सिंगल चार्जमा १०० किमी रेन्ज दिन्छ।

अन्य चार मोडलमा ३.२४ kWh ब्याट्री र ४.१ kW मोटर जडान गरिएको छ, जसले ११५ किमी रेन्ज र ८५ km/h टप स्पिड प्रदान गर्छ। भारतको सबैभन्दा ठूलो ईभी मोटरसाइकल ब्रान्डका रूपमा परिचित रिभोल्ट भारतमा सफल भएकै कारण नेपालमा पनि उपयुक्त हुने कम्पनीको विश्वास छ। बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स भारतबाट सहजै उपलब्ध हुने भएकाले नेपालमा ढुक्क भएर चलाउन सकिने कम्पनीका सेल्स एन्ड सर्भिस हेड दीपक कुमार झाको भनाइ छ।

 

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको पृष्ठभूमि र हरित गतिशीलताको नयाँ बहससँगै नेपालकै ठूलो मोबिलिटी मेला भृकुटीमण्डपमा

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:१८

  काठमाडौँ । नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरूको सानो...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...