NADA AUTO SHOW -2026
IME Life
NIMB

युरो–६ बाहेकका चारपांग्रे गाडी आयातमा रोक, राष्ट्र बैंकको निर्देशन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । नेपालमा युरो ६ बाहेकका चार पांग्रे गाडी आयात गर्न बैंकहरूले प्रतितपत्र (एलसी) खोल्न नपाउने भएका छन् । सरकारले नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ जारी गरेसँगै नेपाल राष्ट्र बैंकले पनि एलसी खोल्ने व्यवस्थामा सोही मापदण्ड अनुसारको व्यवस्था गरेको हो । ‘रिकण्डिसन, प्रयोग भइसकेको वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन,’ राष्ट्र बैंकले निर्देशनमा भनिएको छ ।

वन तथा वातावरण मन्त्रालयले गत असार ९ गतेदेखि दुईपाँग्रेमा युरो ५ र चारपाँग्रे सवारी साधनमा युरो ६ मापदण्ड लागू गरेको थियो । राष्ट्र बैंकले यसअघि नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसारका गाडी आयातमा अनुमति दिँदै आएको थियो ।

नयाँ एकीकृत परिपत्रको ‘क’ प्रावधान अनुसार निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरु नेपालस्थित आधिकारिक बिक्रेताले मात्रै आयात गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै ‘ख’ प्रावधान अनुसार नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ विपरित रहेका रिकण्डिसन र प्रयोग भइसकेका ढुवानीका सवारी साधनका साथै अन्य सवारी साधन आयात गर्न प्रतिवन्ध लगाइएको छ ।

 

तर सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा निकाय, ऋण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी आयोजनाले पैठारी गर्ने सवारी तथा ढुवानीको साधन तथा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रयोजनको लागि पैठारी हुने स्कुटरको हकमा ‘क’ प्रावधान अनुसारको व्यवस्था लागू नहुने व्यवस्था गरिएको छ ।

 

यस्तै दमकल(बारुणयन्त्र) पैठारी गर्दा पनि ‘क’ र ‘ख’ को प्रावधान लागू नहुने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसारको एम्बुलेन्स र शीर्षक नम्बर ८७.०१ अन्तर्गत पर्ने ट्रयाक्टर र शीर्षक ८७.०५ मा पर्ने खास उद्देश्यका मोटरगाडी पैठारी गर्दा ‘क’ अनुसारको प्रावधान लागू हुने छैन ।

 

त्यस्तै नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय महत्वको सभा सम्मेलनको प्रयोजनको लागि सरकार, मन्त्रिपरिषद्ले निर्णय गरी पैठारी हुने सवारीको हकमा नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ भित्र पर्ने साधनको हकमा ‘क’ अन्तर्गतको प्रावधान लागू हुने छैन । त्यसैगरी सरकारको निर्णयबाट पूर्ण वा आँशिक भन्सार महसुल छुट दिइएको व्यक्ति वा संस्था वा निकायले सवारी साधन निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरी पैठारी गर्दा ‘क’ अनुसारको प्रावधान लागू नहुने पनि व्यवस्था गरिएको छ ।

बैंकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सडकमा नचल्ने वा दर्ता गराउन नपर्नेको हकमा यो नयाँ दफा १.१९ अनुसारको व्यवस्था लागू नहुने जनाएको छ ।

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५२

  काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड...

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४९

काठमाडौं, ३ भाद्र । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश...

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४०

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती...

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक,...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:५१

  काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका...

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...