NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता प्रस्तावित समझदारीपत्रमा छलफल

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने (Inmaculada Riera Rene) बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मभहासंघका अध्यक्ष ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्रयाउन सकिने बताउनु भयो । अध्यक्ष ढकालले त्यसका लागि निजी क्षेत्र पूर्णरूपमा तयार रहेका धारणा राख्नु भयो ।

 

स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले समझदारीपत्रको विस्तृत अध्ययनपछि छिट्टै दुवै पक्षले हस्ताक्षर गर्ने प्रतिवद्धता जनाउनु भयो ।

“प्रस्तावित यो समझदारीपत्रमा व्यापार प्रवद्र्धन, लगानी, बजारसम्बन्धी जानकारी आदानप्रदान, प्रतिनिधिमण्डलको सहयोग, र साना तथा मझौला उद्योगहरु बीच सहकार्यजस्ता व्यावहारिक पक्ष समेटिएका छन्, जुन सकारात्मक छन् । ,” उहाँले भन्नुभयो । यस्तै उहाँले संयुक्त लगानी, प्राविधिक सहकार्य, र ज्ञान साझेदारीका लागि समझदारीपत्र एक सशक्त प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नु भयो ।

अध्यक्ष ढकालले स्पेनिश व्यवसायहरूलाई नेपालबारे बुझ्न सजिलो हुने र नेपाली व्यवसायीहरूका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने आधार यस समझदारीपत्रले तयार पार्ने उल्लेख गर्नु भयो ।

उहाँले साना तथा मझौला उद्योगहरुको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै नेपाल–स्पेन दुवै देशमा यी उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भयो ।

नेपालमा धेरै सकारात्मक नीतिगत परिवर्तनहरू भएको उल्लेख गर्दै उहाँले यी परिवर्तनले नेपालमा बाह्य लगानीको लागि प्रशस्त अवसरहरु सिर्जना गरेको जानकारी दिनुभयो । उहाँले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, र सूचना प्रविधिजस्ता क्षेत्रमा स्पेनिश लगानीको ठूलो सम्भावना रहेको बताउनु भयो ।

स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने रियराले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको धारणा राख्नुभयो । उहाँले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सम्भाव्यता रहेको उल्लेख गर्नुभयो ।

यस्तै उहाँले महासंघसंग हुने समझदारीले नेपाल र स्पेनबीचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्‍याउने धारणा राख्नु भयो ।
भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदायहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका थिए ।

भेटवार्ताका अवसरमा महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकाल, महासंघका कोषाध्यक्ष भरतराज आचार्यको पनि सहभागिता थियो । गत जुन महिनामा स्पेनमा आयोजित कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोलीमा सम्मिलित रहँदा महासंघका अध्यक्ष ढकालले स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रिएरालाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...