NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

हुन्डाई क्रेटा ईभीमा नाइमा मोबिलिटी एक्स्पो २०८२ मा विशेष अफर

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालको अटो बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, हुन्डाईका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी (Creta EV) मा विशेष छुट घोषणा गरेको छ। हाल काठमाडौंमा सञ्चालन भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०८२ मा सहभागी ग्राहकहरूले रु. १ लाख २५ हजारसम्मको नगद छुट पाउनेछन्।

कम्पनीका अनुसार यो छुट दुई तहमा उपलब्ध छ। ग्राहकहरूले नियमित रूपमा पाइने रु. ७५ हजारको नगद छुटसँगै एक्स्पो अवधिभर लागू हुने थप रु. ५० हजारको विशेष छुट पाउनेछन्। यसरी कुल रु. १ लाख २५ हजारको छुट प्राप्त गर्न सकिनेछ।

हुन्डाई क्रेटा ईभी चार फरक भेरियन्टमा उपलब्ध छ। स्मार्ट भेरियन्टको मूल्य रु. ४५,९६,०००, एजुकेटिभ रु. ५१,९६,०००, स्मार्ट (अप्सनल) रु. ५६,९६,००० र प्रिमियम प्लस रु. ५९,९६,००० रहेको छ। क्रेटा ईभीमा एडास २.० सुरक्षा प्रविधि, ड्युल जोन अटोमेटिक एसी, बोसको ८ स्पीकर साउन्ड सिस्टम, वायरलेस चार्जिङ, भ्यान्टिलेटेड र मेमोरी सिट, पानारोमिक सनरुफ, र भेहिकल टु लोड (V2L) टेक्नोलोजी जस्ता सुविधा उपलब्ध छन्।

यसमा दुई मोटर अप्सन दिइएको छ। ९९ किलोवाट मोटर र ४२ kWh NCM ब्याट्रीसहित एक सिंगल चार्जमा ३०० किमि भन्दा बढी दूरी तय गर्न सकिन्छ भने, १२६ किलोवाट मोटर अप्सन पनि छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको छ। २०० मिमी ग्राउन्ड क्लियरेन्स र वान प्याडल ड्राइभ सुविधा सहित क्रेटा ईभीले सहर र ग्रामीण क्षेत्र दुवैका लागि उत्कृष्ट यात्रा अनुभव प्रदान गर्दछ।

 

हुन्डाईले यो अफर मार्फत नेपाली विद्युतीय गाडी बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउन खोजेको छ। विद्युतीय एसयूभी किन्न चाहनेहरूका लागि यो अफर नाइमा मोबिलिटी एक्स्पो २०८२ मा अत्यन्त उपयुक्त अवसर सावित हुन सक्छ।

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...