IME Life
NIMB

एशियन थाइ फुड्सको आईपीओका लागि हिमालयन सेक्युरिटीज बैंकर नियुक्त

NIMB
Himalayan Bank

विराटनगर, नेपाल – अगस्ट १२, २०२५ – नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (ATF) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को निष्कासन प्रबन्धकका रूपमा हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ।

सम्झौतामा एशियन थाइ फुड्सका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकरका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए। यस अवसरमा ATF का प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहक उपस्थित थिए।

यो साझेदारीले ATF लाई सार्वजनिक बजारमा प्रवेश गर्न र आगामी विस्तार योजनामा सहयोग पुर्याउने कम्पनीको विश्वास छ। विराटनगर र तौलिहवामा रहेका अत्याधुनिक उत्पादन एकाइमार्फत ATF ले रमपम, 2PM र प्रिती जस्ता लोकप्रिय ब्रान्डका नुडल्स तथा स्न्याक्स ३० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ।

“ATF को विकास यात्रामा यो सम्झौताले नयाँ अध्याय सुरु गरेको छ,” प्रबन्ध निर्देशक महेश जाजुले बताए, “पुँजी बजारमा हिमालयन सेक्युरिटीजको अनुभवले आईपीओ प्रक्रियालाई सहज बनाउनेछ, जसले नवप्रवर्तन र विश्वव्यापी विस्तारमा मद्दत गर्नेछ।”

आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँटबारे जानकारी आगामी महिनाहरूमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...