CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

डोङफेङ मोटरले VOYAH अटोमोबाइलमा ठूलो लगानी गर्ने घोषणा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुप ले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड VOYAH अटोमोबाइल मा ठूलो लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धताअनुरुप करिब १३७ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको हो।

डोङफेङ र VOYAH बीच सम्पन्न पुँजीवृद्धि सम्झौताअनुसार, यो लगानी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) मार्फत हुने भएको छ। लगानीपछि VOYAH अटोमोबाइलको स्वामित्व संरचनामा केही परिवर्तन हुने बताइएको छ। नयाँ संरचनाअनुसार डोङफेङ मोटर ग्रुपको ७९.६९%, DFAM को ३.३०%, र बाँकी १७.०१% अन्य शेयरधनीको स्वामित्व रहनेछ।

डोङफेङ मोटरले यस लगानीमार्फत VOYAH लाई थप प्रतिस्पर्धी बनाउन अनुसन्धान तथा विकास (R&D), उत्पादन क्षमता विस्तार, गाडीको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा प्रयोग गर्ने जनाएको छ।

VOYAH, डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड हो। कम्पनीले वातावरणमैत्री र स्मार्ट प्रविधियुक्त गाडी बजारमा ल्याउँदै उपभोक्तालाई आधुनिक सवारीसाधन उपलब्ध गराउने लक्ष्य राखेको छ।

डोङफेङका अनुसार, यो लगानी केवल आम्दानी र सेयर मूल्य वृद्धिमै सीमित नभई भविष्यको हरित र स्मार्ट यातायात प्रणालीमा अग्रणी भूमिका खेल्ने रणनीतिक कदम पनि हो।

विश्वव्यापी रूपमा वातावरणमैत्री गाडीको माग तीव्र गतिमा बढिरहेको सन्दर्भमा, यो लगानीले VOYAH लाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ।

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक: ६९.९९ लाख मूल्यमा ५३० किमि रेन्ज दाबी

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक:...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:४५

काठमाडौं । नेपालमा एमजीको नयाँ इलेक्ट्रीक एसयूभी ‘एमजी एस सिक्स’...

जनकपुरमा पनि खुल्यो ‘अथर’ को एक्सपिरियन्स सेन्टर, जेठ ४ सम्म विशेष अफर

जनकपुरमा पनि खुल्यो ‘अथर’ को एक्सपिरियन्स सेन्टर,...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:५४

जनकपुर । नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर इनर्जी नेपाल’...

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण : कम्पनीको स्पष्टिकरण

एमएडब्लु समूहविरुद्धका आरोप तथ्यहीन र दुर्भावनापूर्ण :...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:०९

काठमाडौं । एमएडब्लु समूह ले आफूविरुद्ध लगाइएका भन्सार छली, भ्याट...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...