Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

डोङफेङ मोटरले VOYAH अटोमोबाइलमा ठूलो लगानी गर्ने घोषणा

 

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुप ले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड VOYAH अटोमोबाइल मा ठूलो लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धताअनुरुप करिब १३७ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको हो।

डोङफेङ र VOYAH बीच सम्पन्न पुँजीवृद्धि सम्झौताअनुसार, यो लगानी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) मार्फत हुने भएको छ। लगानीपछि VOYAH अटोमोबाइलको स्वामित्व संरचनामा केही परिवर्तन हुने बताइएको छ। नयाँ संरचनाअनुसार डोङफेङ मोटर ग्रुपको ७९.६९%, DFAM को ३.३०%, र बाँकी १७.०१% अन्य शेयरधनीको स्वामित्व रहनेछ।

डोङफेङ मोटरले यस लगानीमार्फत VOYAH लाई थप प्रतिस्पर्धी बनाउन अनुसन्धान तथा विकास (R&D), उत्पादन क्षमता विस्तार, गाडीको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा प्रयोग गर्ने जनाएको छ।

VOYAH, डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड हो। कम्पनीले वातावरणमैत्री र स्मार्ट प्रविधियुक्त गाडी बजारमा ल्याउँदै उपभोक्तालाई आधुनिक सवारीसाधन उपलब्ध गराउने लक्ष्य राखेको छ।

डोङफेङका अनुसार, यो लगानी केवल आम्दानी र सेयर मूल्य वृद्धिमै सीमित नभई भविष्यको हरित र स्मार्ट यातायात प्रणालीमा अग्रणी भूमिका खेल्ने रणनीतिक कदम पनि हो।

विश्वव्यापी रूपमा वातावरणमैत्री गाडीको माग तीव्र गतिमा बढिरहेको सन्दर्भमा, यो लगानीले VOYAH लाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ।

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा, चिनियाँ बजारमा बुकिङ सुरु

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा,...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:२६

काठमाडौं। ग्रेटवाल मोटर (GWM) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५...

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई लन्च गर्यो

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१९

  काठमाडौं। यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई बजारमा...

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ बजारमा

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१६

काठमाडौं। टाटा मोटर्सले आफ्नो लोकप्रिय कुपे एसयूभी टाटा कर्भ र...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...