CG Electronics
IME Life
NIMB

सिजी मोटर्सद्वारा अत्याधुनिक १६ सिटर ‘किङलङ’ ईभी सार्वजनिक, मूल्य ७२ लाख ५० हजार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । किङलङ ईभीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किङलङ १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस नयाँ मोडलले नेपालको व्यावसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

लन्च कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

सीजी मोटर्सका बिजनेस युनिट हेड बद्री भट्टराईले नेपालमा अत्यधिक सफल र सबैले रुचाएको किङलङ ब्रान्डको विगत चार वर्ष देखि प्रवर्धन गरिरहेको बताउँदै प्रत्येक ईभी मोडललाई नेपाली सडकमा परीक्षण गरेर मात्र नेपाल भित्र्याउने गरेको बताए ।

उक्त १६ सिटर भ्यानको मुख्य विशेषताको रुपमा यसमा रहेको ७५.४१ किलोवाट आवरको ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेन्ज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ।

यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ।

नयाँ किङलङ १६ सिटर ७२ लाख ५० हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यातायात व्यवसायी र फ्लिट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्सियल भेइकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्सियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो । नेपालभर किङलङले हालसम्म ५ हजार युनिट भन्दा बढी बिक्री, २६० भन्दा बढी चार्जिङ स्टेशन, २० भन्दा बढी सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...