NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

अमेरिकी बजारमा निर्यात बढाउन १० प्रतिशत शुल्कको उपयोग गर्नुपर्छ

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरणप्रकाश शाखले अमेरिकी शुल्क नीतिमा देखिएको हालको अस्थिरताबाट आफूहरु चिन्तित भए पनि यसको लाभ नेपालले लिनसक्ने बताएका छन् । नेपाललाई अमेरिकाले १० प्रतिशत मात्र भन्सार दर निर्धारण गरेकाले यसको लाभ निर्यातबाट लिन सकिने भनेको भनाइ छ ।

संघको २४ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष शाखले भने, “छिमेकी मुलुकहरूले उच्च शुल्क भोगिरहेका बेला नेपाल अहिले १० प्रतिशत आधारभूत शुल्कको दायरामा छ, जसले अमेरिकी बजारमा निर्यात बढाउन तुलनात्मक फाइदा दिएको छ ।”

संयुक्त राज्य अमेरिका नेपालको प्रमुख व्यापारिक साझेदारहरूमध्ये एक हो । हाम्रो मुख्य निर्यात वस्तुहरूमा कार्पेट, रेडिमेड कपडा, हस्तकला, छुर्पी (डगच्यू), पस्मिना र ऊनी फेल्ट पर्छन् ।

नेपालले गत आर्थिक वर्षमा अमेरिकातर्फ १८ अर्ब ३२ करोडको सामान निर्यात गरेको छ । निर्यात गन्तव्यका आधारमा अमेरिका भारतपछिको दोस्रो हो ।

संघ अध्यक्ष शाखले नेपाल ट्रेड प्रेफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत अमेरिकी बजारमा ७७ वस्तुमा ३१ डिसेम्बर २०२५ सम्म शुल्कमुक्त सुविधा पाए पनि राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशद्वारा यो सुविधा खारेज गरिएको बताए ।

नेपाल सरकारले अझै यसबारे कदम चाल्न बाँकी रहेको र यसको निरन्तरताको पक्षमा आफूहरु रहेको उनको भनाइ छ ।

“२०२५ डिसेम्बरमा एनटीपीपी म्याद सकिँदै गर्दा, अहिले पनि निर्यातकर्ताहरूले १० प्रतिशत आधारभूत शुल्क तिर्नुपरेको छ, यसैले शुल्कमुक्तको व्यवस्था व्यवहारमा लागू छैन,” उनले भने ।

नेपाल अमेरिका चेम्बर अफ कमर्सले टिफा (ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट) परिषद् बैठकका लागि नेपाल सरकारलाई सल्लाह र सुझाव दिइरहेको उल्लेख गर्दै उनले टिफाअन्तर्गत गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न पनि जोड दिइरहेको बताए ।

कार्यक्रममा चेम्बरले विभिन्न नेपाली निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । जसमा आठ वटा विधामा उत्कृष्ट निर्यातकर्ता र आयातमा पनि सम्मान गरिएको थियो ।

कार्पेट, रेडिमेड कपडा, हस्तकला, ऊनी फेल्ट, पास्मिना, छुर्पी तथा अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने र उत्कृष्ट स्टार्टअप उद्यमी तथा उत्कृष्ट महिला उद्यमीजस्ता विधा रहेका छन् ।

चेम्बरले आफ्ना सदस्यमध्ये आठ जनाले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेको भन्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...