NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

महिन्द्राले सार्वजनिक गर्‍यो ४ नयाँ एसयूभी कन्सेप्ट: भिजन एक्स, टी, एस र एसएक्सटी

NIMB
leapmotornepal (citroen)

काठमाडौं । महिन्द्राले ४ नयाँ एसयूभीको अवधारणा प्रस्तुत गरेको छ । कम्पनीले अगस्ट १५ मा ‘फ्रिडम एनयू’ नामक विशेष कार्यक्रम आयोजना गरी भिजन एक्स, भिजन टी, भिजन एस र भिजन एसएक्सटी नामका ४ मोडल सार्वजनिक गरेको हो। यी सबै मोडल एनयू.आईक्यू नामक नयाँ प्लेटफर्ममा निर्माण गरिनेछ ।

भिजन टी र भिजन एसएक्सटी दुवै मोडल पहिले सार्वजनिक थार.ई अवधारणाबाट प्रभावित देखिन्छ । भिजन टीलाई बाकस-जस्तो बडी डिजाइनमा तयार गरिएको छ, जबकि भिजन एसएक्सटीलाई ट्रक-शैलीको क्याबिन डिजाइन दिइएको छ ।

भिजन एसको डिजाइन सीधा रेखा र बक्स आकारमा आधारित छ, तर यसको अगाडिको प्रोफाइल आधुनिक र आकर्षक छ। ट्विन पिक्स लोगो र एल-आकारको हेडल्याम्पसँगै दुबै छेउमा ठाडो रूपमा राखिएका एलईडी लाइटले यसलाई निकै आकर्षक बनाएको छ । अफरोड क्षमताका लागि छानामा माउन्ट गरिएका लाइट, बलियो बम्पर, साइड प्लास्टिक क्ल्याडिङ र ठूला ह्विल आर्च जस्ता विशेषता रहेको छ । साथै यसमा फ्लस डोर ह्यान्डल, सुव्यवस्थित बाहिरी सिसा हेर्ने ऐना र नयाँ डिजाइनका अलोय ह्विल पनि छ ।

भिजन एक्स मोडलको डिजाइन शार्प र आकर्षक छ। यसको फ्रन्टमा पातलो हेडल्याम्प, स्लिम एयर इनटेक र लामो हुड रहेको छ। यसको रियरको लुक कुपे शैलीको रहेको छ। यसमा फ्लस टाइप डोर ह्यान्डल र ड्युअल टोन फिनिस भएको पछाडिको बम्पर पनि छ, जसले यसको प्रिमियम र आधुनिक आकर्षणलाई थप बलियो बनाएको छ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...