CG Electronics
IME Life
NIMB

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट IELTS साझेदारलाई सम्मान, नयाँ अभियानहरूको शुभारम्भ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले अक्टोबर १५, २०२५ मा आयोजना गरिएको IELTS पार्टनर समिट मा उत्कृष्ट साझेदारलाई सम्मान गर्नुका साथै नयाँ अभियानहरूको शुभारम्भ गरेको छ। कार्यक्रममा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म असाधारण योगदान पुर्‍याउने २० वटा साझेदार संस्थालाई विभिन्न श्रेणीमा सम्मान गरिएको हो।

प्लेटिनम पार्टनर अवार्ड अर्बिट मेडिकल इन्ट्रान्स प्रा. लि. ले पायो भने उत्कृष्ट संघ अवार्ड इक्यान लाई प्रदान गरियो। यसैगरी गोल्ड, सिल्भर र ब्रोन्ज श्रेणीमा विभिन्न शैक्षिक संस्था र संघहरूलाई पुरस्कृत गरियो।

कार्यक्रममा ग्लोबल च्यानल पार्टनर अभियान सुरु गरिएको घोषणा गरिएको छ। यस अभियानमार्फत सबै साना–ठूला संस्थाले समान प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। उत्कृष्ट साझेदारलाई लन्डनस्थित ब्रिटिस काउन्सिल मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइने र शैक्षिक भ्रमणको अवसर प्रदान गरिनेछ।

त्यसैगरी, IELTS उपहार अभियानको तेस्रो संस्करण पनि सुरु गरिएको छ। टर्किस एयरलाइन्स, पठाओ र सफारीसँगको सहकार्यमा सञ्चालित यस अभियानअन्तर्गत IELTS परीक्षा दिने विद्यार्थीहरूले हरेक दिन, हरेक साता र महिनामा उपहार जित्ने मौका पाउनेछन्। बम्पर उपहारमा बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि एकतर्फी हवाई टिकट, म्याकबुक एयर, विशेष सुटकेस तथा राइड र रेस्टुरेन्ट भौचर उपलब्ध हुनेछन्।

कार्यक्रममा नेपालस्थित बेलायती राजदूत रोब फेनले बेलायतलाई रोज्ने नेपाली विद्यार्थीको संख्यामा भइरहेको वृद्धिले शैक्षिक साझेदारहरूको योगदान र व्यवसायिकतालाई प्रमाणित गरेको बताए। ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले साझेदार संस्थाको योगदानले नेपाली युवालाई रुपान्तरणमुखी अवसरहरू प्रदान गरेको उल्लेख गरिन्।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...