NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

भृकुटीमण्डपमा नाडा अटो शो : दर्शकलाई ताने विशेष अफर र विद्युतीय गाडी

NIMB
leapmotornepal (citroen)

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले नयाँ मोडेल, विशेष अफर र विद्युतीय गाडीहरूको प्रदर्शनका कारण दर्शकको चहलपहल बढाएको छ । भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पेट्रोल तथा ईभी सवारी साधन देख्न पाइन्छ ।

शो का अवसरमा विहीबार नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका मोडेलसहित ‘पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।यसअन्तर्गत ग्राहकलाई ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको बिमा, ६ वर्षसम्म निःशुल्क पाट्र्स, २ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस र एसेसरिज पाउन सकिनेछ ।

 

सेरेसले अटो शो अवधिभर मात्रै लागू हुने विशेष योजना ल्याएको छ । ३ वर्षको बीमा, ३ गुणासम्म नगद छुट र बुकिङ रकम बराबर फाइदासहितको अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्म लाभ लिन सकिनेछ । सेरेसले हालै लोमान्थाङसम्म ईभी चढाएर कीर्तिमान बनाएको उपलब्धि पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ ।

यस्तै, टाटा मोटर्सले आधिकारिक वितरक सिप्रदी ट्रेडिङमार्फत नेक्सन पेट्रोल, टियागो ईभी, पन्च ईभी, कर्भ ईभी र नयाँ सफारी सार्वजनिक गरेको छ । कर्भ ईभी र सफारी अवलोकनकर्ताको आकर्षण बनेका छन् । टाटाले ईभी खरिदकर्ताका लागि आजीवन निःशुल्क चार्जिङ, तीन वर्षको निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा र रोड ट्याक्ससमेतको अफर दिएको छ ।

सन् २०५५ सालदेखि सुरु भएको नाडा अटो शो यसपालि १७औँ संस्करणमा पुगेको हो । यसअघि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न गरिसकेको छ । दुई अटो शोबीच प्रतिस्पर्धा भए पनि नाडा अटो शोले आफ्नो आकर्षण कायम राख्न सफल भएको छ । अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन् ।

मंगलबारबाट सुरु भएको शो को पहिलो दिन १९ हजार ७ सय ६ जना र दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। अटो शोको दोस्रो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत नाडा अटो शोको अवलोकन गरेका थिए । अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन् ।

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ ।

शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनीमा छन् ।

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...