Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

भृकुटीमण्डपमा नाडा अटो शो : दर्शकलाई ताने विशेष अफर र विद्युतीय गाडी

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले नयाँ मोडेल, विशेष अफर र विद्युतीय गाडीहरूको प्रदर्शनका कारण दर्शकको चहलपहल बढाएको छ । भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पेट्रोल तथा ईभी सवारी साधन देख्न पाइन्छ ।

शो का अवसरमा विहीबार नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका मोडेलसहित ‘पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।यसअन्तर्गत ग्राहकलाई ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको बिमा, ६ वर्षसम्म निःशुल्क पाट्र्स, २ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस र एसेसरिज पाउन सकिनेछ ।

 

सेरेसले अटो शो अवधिभर मात्रै लागू हुने विशेष योजना ल्याएको छ । ३ वर्षको बीमा, ३ गुणासम्म नगद छुट र बुकिङ रकम बराबर फाइदासहितको अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्म लाभ लिन सकिनेछ । सेरेसले हालै लोमान्थाङसम्म ईभी चढाएर कीर्तिमान बनाएको उपलब्धि पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ ।

यस्तै, टाटा मोटर्सले आधिकारिक वितरक सिप्रदी ट्रेडिङमार्फत नेक्सन पेट्रोल, टियागो ईभी, पन्च ईभी, कर्भ ईभी र नयाँ सफारी सार्वजनिक गरेको छ । कर्भ ईभी र सफारी अवलोकनकर्ताको आकर्षण बनेका छन् । टाटाले ईभी खरिदकर्ताका लागि आजीवन निःशुल्क चार्जिङ, तीन वर्षको निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा र रोड ट्याक्ससमेतको अफर दिएको छ ।

सन् २०५५ सालदेखि सुरु भएको नाडा अटो शो यसपालि १७औँ संस्करणमा पुगेको हो । यसअघि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न गरिसकेको छ । दुई अटो शोबीच प्रतिस्पर्धा भए पनि नाडा अटो शोले आफ्नो आकर्षण कायम राख्न सफल भएको छ । अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन् ।

मंगलबारबाट सुरु भएको शो को पहिलो दिन १९ हजार ७ सय ६ जना र दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। अटो शोको दोस्रो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत नाडा अटो शोको अवलोकन गरेका थिए । अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन् ।

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ ।

शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनीमा छन् ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...