NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी गरेको छ । यो नयाँ सहकार्यले अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकाबाट नेपालमा पैसा पठाउन अझ सहज बनाएको छ । यो साझे्दारीसँगै विदेशमा रहेका नेपालीलाई सरल, सुरक्षित र छिटो माध्यम बाट रकम पठाउन झनै सहज भएको हो ।

यो नयाँ सेवाले नेपालमा पैसा प्राप्त गर्नेहरूका लागि विभिन्न सुविधाजनक विकल्पहरू प्रदान गरेको छ । जसले उनीहरूलाई सजिलै आफ्नो पैसा प्राप्त गर्न मद्दत गर्दछ । नगद भुक्तानी,, सिधा बैंक खातामा जम्मा, वा मोबाइल वालेटमा रकम प्राप्त गर्न सहज भएको छ ।

यो साझेदारीले पैसा पठाउने र प्राप्त गर्ने दुवैका लागि रेमिट्यान्स प्रक्रिया सकेसम्म सहज र कुशल होस् भन्ने कुरा सुनिश्चित गर्दछ ।
नयाँ साझेदारीबारे नियो मनि ट्रान्सफरका सिईओ सागर खनालले यो साझेदारीको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो, “नेपालीहरूलाई भरपर्दो वित्तीय सेवाहरू प्रदान गर्ने हाम्रो मिशनमा यो एउटा ठूलो कदम हो।

“ नियो मनी ट्रान्सफरको उन्नत डिजिटल प्लेटफर्मलाई जुबा एक्सप्रेसको विस्तृत विश्वव्यापी सञ्जालसँग मिलाएर, यो सहकार्यले पैसा पठाउने प्रक्रियालाई पहिलेभन्दा धेरै सरल बनाउनेछ । यो सहकार्यले रेमिट्यान्स प्रक्रियालाई सहज बनाउनुका साथै नेपालभित्र वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...