NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शोमा बैंकको आकर्षक अटो लोन स्कीम : न्यूनतम ६.२३ देखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नाडा अटो शो २०२५ मा बैंकहरुले आफ्ना अटो लोन योजना सार्वजनिक गरेका छन् । आठ वटा बैंकले सहभागिता जनाएका शोमा सवारीसाधन किन्न चाहनेका लागि न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध हुने भएकाे छ ।

कृषि विकास बैंकले ६.२३ प्रतिशतमै अटो कर्जा दिने भएको छ भने नबिल बैंकले ६.७४ प्रतिशतदेखि ८.२५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने योजना ल्याएको छ । ग्लोबल आइएमई बैंक र नेपाल एसबीआई बैंकले ६.९९ प्रतिशत ब्याजदरमै कर्जा दिने घोषणा गरेका छन् ।

हिमालयन बैंकले ७.५७ प्रतिशत ब्याजदरमा ८ वर्षका लागि ऋण दिने भनेको छ । एनएमबी बैंकले विद्युतीय सवारीका लागि ७.१३ प्रतिशत र अन्यका लागि ८.८९ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंकले ईभीका लागि ७.४९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिनेछ भने अन्य सवारीसाधनका लागि ७.९९ देखि ८.१५ प्रतिशत ब्याजदर लागू गर्नेछ । लक्ष्मी सनराइज बैंकले भने ७ वर्षका लागि ७.९९ प्रतिशत ब्याजदरमा अटो लोन योजना ल्याएको छ, जुन अफर १४ मंसिरसम्म लागू हुने जनाइएको छ ।

यसरी विभिन्न बैंकले ल्याएका आकर्षक ब्याजदर योजनाले गाडी किन्ने ग्राहकलाई सजिलो हुने देखिन्छ भने अटो बजार पनि थप चलायमान हुने अपेक्षा गरिएको छ ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...