NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आब्हान

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भएपनि भारत र चीनले गरेको सहमतीप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् । उनले भने, ‘विषयमा नेपालमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ ।

हिजोपनि उभिएका थियौ आज पनि उभिनुपर्छ । म नेपाली काग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’ सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन् । प्रतिस्पर्धा आफ्ना ठाउँमा छन् । हामी कसैले पनि यस विषयलाई घरेलु राजनीतिकको विषय नबनाऔँ ।’
उनले दुई छिमेकीहरुले गरेको सम्झौताप्रति नेपाली कांग्रेस असहमत रहेको भन्दै त्यसप्रति आपत्तिजनक रहेको पनि बताए ।

‘हाम्रा दुई छिमेकीहरु भारत र चीनले भूमिको बारेमा हाम्रो अनुपस्थितीमा एउटा निर्यण गरेछ । सम्झौता गरेकामा पढ्यौ, सुन्यौ । कांग्रेस पार्टी दुई छिमेकीहरुको व्यवहारप्रति असहमती छ । यो आपत्तीजनक छ । अस्विकार्य छ,’ उनले भने । थापाले नेपाल सरकारले यस सन्दर्भमा लिएको पहलकदमीले सबैलाई समेटेर अगाडि बढाउनुपर्ने पनि बताए ।

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुनेमा थापाको जोड छ ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...