CG Electronics
IME Life
NIMB

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपाली बजारमा, नाडा अटो शो २०२५ मा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा फोटोन ई–टुनल्यान्ड इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ ।

ई–टुनल्यान्डमा ८८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटकको चार्जमा ३५० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा १३० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । दुई पाङ्ग्रे ड्राइभमा उपलब्ध सो पिकअपमा ब्याट्रीका लागि ८ वर्ष वा ४ लाख किलोमिटर र मोटरका लागि ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिइने कम्पनीले जनाएको छ ।

सो पिकअपको बुकिङ खुला गरिएको छ भने यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो शो अफरअन्तर्गत हाल १ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ ।

ई–टुनल्यान्डको आगमनसँगै फोटोनले वातावरणमैत्री र इन्धनरहित पिकअपमार्फत नेपाली बजारमा नयाँ विकल्प प्रस्तुत गरेको छ ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...