NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल लाइफद्वारा ‘प्रोजेक्ट केयर’ अभियानमार्फत सगरमाथाबाट ५,००० किलो फोहोर सङ्कलन

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत सगरमाथामा थुप्रिएको ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ । यस अभियान सम्बन्धी प्रतिवेदन राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई एक विशेष समारोहका बीच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, पदाधिकारीहरु, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का प्रतिनिधि तथा रिसाइकलिङ र वातावरणीय संरक्षणमा सक्रिय संस्था खालिसीसीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले पहिलो चरणमा ५,००० किलो फोहोर सङ्कलन गर्न सफल भएकोमा सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै वातावरण संरक्षण र सगरमाथाको सौन्दर्यता कायम राख्न निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सगरमाथा नेपाल मात्र नभई विश्वकै गौरव भएकाले यसको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो ।

सोही अवसरमा राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले सगरमाथा क्षेत्रमा आरोहीहरूको संख्यासँगै फोहोर बढ्दै गएको भन्दै यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता प्रकट गर्नुभयो ।

यस अभियान अन्तर्गत कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुरिएको र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइएको छ । ल्याइएको फोहोरलाई खालिसीसीको सहकार्यमा रिसाइकलिङ गर्ने योजना रहेको जनाइएको छ ।

सगरमाथा विश्वकै आकर्षण भएकाले त्यसलाई “सबैभन्दा अग्लो फोहोर थलो” बन्न नदिने उद्देश्यका साथ नेपाल लाइफ इन्स्योरेन्सले यो अभियानमा साथ दिएको हो ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...