NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सानिमा बैंकको अन्तर्राष्ट्रिय सहकार्य : दुईवटा जलविद्युत् आयोजनामा एजेन्ट बैंकको भूमिका

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात–आयात (एक्जिम) बैंकले नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको छ । कुल २५५ मेगावाट क्षमताका दुई ठूला जलविद्युत् आयोजनामा वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको जिम्मेवारी सानिमाले पाउने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा चीनको सिचुआनमा आयोजित एक विशेष कार्यक्रममा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार सानिमाले मनाङ मर्स्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) का लागि एक्जिम बैंकको तर्फबाट मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ ।

सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एक्जिम बैंक सिचुआन शाखाकी उपाध्यक्ष वु यानजुनले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एक्जिम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेङचोङ तथा लगानीकर्ता कम्पनी इन्टरनेशनलका अध्यक्ष लियाओ बिनको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा बैंकलाई विश्वास गरी एजेन्ट बैंकको रुपमा छनौट गरिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले यस सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार हुने र ऊर्जा तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा एक्जिम बैंक र लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यी आयोजना भविष्यका सहकार्यका लागि कोशेढुंगा सावित हुने बताएका थिए ।

यो सम्झौतासँगै हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा (युआन) को अन्तरदेशीय कारोबार नेपाल भित्र्याउन सानिमा बैंक सफल भएको छ । यसले बैंकको कार्यक्षमता र साख वृद्धि गर्नुका साथै नेपालको दिगो विकासमा समेत महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...