NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शोमा Geely EX5 को ऐतिहासिक सफलता : छ दिनमै १८७ बुकिङ

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । हिजोदेखि सम्पन्न नाडा अटो शोमा Geely EX5 विद्युतीय गाडीले उल्लेखनीय बुकिङ हासिल गर्दै किर्तीमान कायम गरेको छ । DreamSmart China को अधिकृत आयातकर्ताको रुपमा नेपालमा Geely EX5 भित्राउने एलआरआर मोटर्स प्रा. लि. नाडाको क्रममा कुल १८७ गाडीहरुको बुकिङ लिँदै सुरुवाती सफलता हासिल गरेको बताएको छ ।

Max / Pro गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको Geely EX5 को स्टलमा ठूलो संख्यामा दर्शकहरूको भिड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण EX5 ले भरपर्दो, प्रिमियम र स्टाइलिश EV खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको हो ।

“नाडामा Geely EX5 ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ,” एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने। “छ दिनमै १८७ वटा बुकिङ हुनु Geely को नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो। यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय EV उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।” श्रेष्ठका अनुसार, Geely EX5 श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो।

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो । साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेण्टि समेत दिएको छ ।

एलआरआर मोटर्सका अनुसार, नाडामा Geely EX5 को सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवद्र्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको छ। बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...