NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा र नाइमा अटो शोमा एलएस अटोका ८८ गाडी बुकिङ :  नाडामा ५१ र नाइमामा ३७, उपभोक्ताको बढ्दो आकर्षण

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । हालै सम्पन्न दुई ठूला अटो शो, ‘नाडा अटो शो–२०२५’ र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा एलएस अटोले उल्लेखनीय सफलता हासिल गरेको छ। बिक्रेता कम्पनी नेक्सन भेन्चरका अनुसार यी दुबै अटो शोबाट जम्मा ८८ वटा गाडी बुकिङ भएका छन्।

भृकुटीमण्डपमा आयोजित ‘नाडा अटो शो–२०२५’ भदौ ३ देखि ८ गतेसम्म र साउन २१ देखि २६ गतेसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा सहभागी बनेको एलएस अटोले नाडामा ५१ र नाइमामा ३७ गाडीको बुकिङ गरेको कम्पनीले जनाएको छ।

कम्पनीका महाप्रबन्धक नवीन फुयाँलका अनुसार छोटो समयमा प्राप्त भएको यस किसिमको सफलता अपेक्षा भन्दा राम्रो उपलब्धि हो। उनले भने, “यी दुई शोको आयोजना अवधिभर हाम्रो स्टलमा अवलोकनकर्ताको उत्साहपूर्ण सहभागिता रह्यो। यो ब्रान्ड नेपाली बजारमा प्रवेश गरेको धेरै समय भएको छैन, तर उपभोक्ताको रोजाइमा परेको देख्दा हामी अत्यन्त उत्साहित छौं।”

उनी भन्छन्, “एलएस अटोको स्मार्ट डिजाइन, अत्याधुनिक फिचर र उचित मूल्यका कारण ग्राहकहरू आकर्षित भएका छन्। विशेषगरी हाम्रो एलईभी–०१ ईभी मोडेल उपभोक्तामाझ निकै लोकप्रिय बन्दै गएको छ। हामीले देखेको ग्राहकको माया र विश्वासलाई निरन्तरता दिँदै दशैं–तिहारलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गर्ने तयारीमा छौं।”

फुयाँलले स्टलमा उपस्थित भइ सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा एलएस अटो उपभोक्ताको प्राथमिक रोजाइमा पर्ने विश्वास व्यक्त गरे। लग्जरी अनुभव चाहने तर उचित मूल्यमा गाडी खोज्नेका लागि एलएस अटो उत्तम विकल्प रहेको उनको भनाइ छ।

नेपाली अटो बजारमा हालसालै प्रवेश गरेको एलएस अटोले छोटो अवधिमै गरेको यो उपलब्धि आगामी दिनमा इलेक्ट्रिक भेहिकल (ईभी) बजार विस्तारतर्फको सकारात्मक संकेतका रूपमा पनि हेरिएको छ।

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...