CG Electronics
IME Life
Ncell NPL

सभामुख र प्रमुख सचेतकबीच छलफल : भूमिसम्बन्धी, नागरिकता र शिक्षा विधेयक पारित हुने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रतिनिधिसभाले भदौ महिनामा विभिन्न महत्वपूर्ण विधेयकहरु पारित गर्नेगरी सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

बिहीबार भदौ महिनाको क्यालेन्डरबारे छलफल पश्चात सञ्चारमाध्यमसँग कुरा गर्दै नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले भूमिसँग सम्बन्धी विधेयक, नागरिकतासँग सम्बन्धित विधेयक र शिक्षा विधेयकलाई पारित गर्ने बताएका हुन् ।

उनले भने, ‘भोलीको बैठक (१३ गते) भूमिसँग सम्बन्धी विधेयकलाई कार्यसूचीमा राख्ने छौ र पारित गरी राष्ट्रिय सभामा पठाउने छौ । भोलीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सम्बोधन गर्ने तालिका छ ।’

उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधीसँग सम्बन्धी ऐन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको र त्यसलाई सभामा छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेको पनि बताए ।

‘१८ गते सम्भवत ः नागरिकतासँग सम्बन्धीत विधेयक पारित गर्छौ । त्यसैगरी संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधीसँग सम्बन्धी राष्ट्रपति कार्यालयबाट फिर्ता भएको त्यसलाई सभामा छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेका छौ त्यो पारित गर्छौ,’ उनले भने, ‘हामी विशेषगरी २६ गते शिक्षा विधेयकलाई पारित गर्नेगरी लैजान्छौ यसरी यो महिना बैठक बसेर संघीयता कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण विधेयक शिक्षा विधेयक पारित गर्छौ ।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बिना लामा सहभागि थिए ।

 

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...