IME Life
NIMB

भूमि व्यवस्था मन्त्रालयको पहलमा २०३६ सालको मालपोत नियमावली पहिलो पटक संशोधन

NIMB
Himalayan Bank

काठमाडौं । सरकारले मालपोत नियमावली, २०३६ पहिलोपटक संशोधन गर्दै घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य गर्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नियमावली संशोधन गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब घरजग्गा कारोबार गर्न इच्छुकले अनिवार्य रूपमा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने छ । नियमावलीको परिच्छेद–६ मा यस सम्बन्धी प्रावधान थपिएको छ ।

भूमि व्यवस्था मन्त्री बलराम अधिकारीका अनुसार विगत केही वर्षदेखि बजेट वक्तव्यमा उल्लेख हुँदै आएको व्यवस्था अन्ततः नियमावलीमार्फत कार्यान्वयनमा आएको हो । यसले घरजग्गा कारोबारलाई “व्यावसायिक र मर्यादित” बनाउन मद्दत गर्ने विश्वास मन्त्री अधिकारीले व्यक्त गर्नुभयो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार,

पाँच करोड रुपैयाँसम्मको कारोबार गर्नेले पाँच लाख रूपैयाँ शुल्क तिर्नुपर्नेछ ।

पाँच करोडभन्दा बढी रकमको कारोबार गर्नेले दश लाख रूपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।

नवीकरण गर्दा, कारोबारको परिमाणअनुसार चार लाखदेखि आठ लाख रुपैयाँसम्म दस्तुर लाग्नेछ ।

त्यस्तै, इजाजतपत्र प्राप्त संस्थाले कार्यालय वा कारोबार स्थलमा लाइसेन्स प्रष्ट राख्नुपर्ने, प्रत्येक वर्ष कारोबारको अभिलेख विभागमा पेश गर्नुपर्ने, र निरीक्षणमा मागिएको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । गलत सूचना, नक्सा वा स्वामित्वसम्बन्धी झुटो विवरण प्रस्तुत गर्न कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...