IME Life
NIMB

ट्रक यातायात व्यवसायी महासंघले दियो बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई बधाई तथा सुझाव

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेललाई भेटेर बधाई ज्ञापन गरेको छ । महासंघको टोली अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा बागमती प्रदेश सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न पुगेको हो ।

कार्यक्रममा महासंघले यातायात मन्त्री थापासमक्ष संघीयता लागू भएपछि पनि कतिपय ट्रकका नम्बर अझै अञ्चलगत प्रणालीअनुसार रहेकाले त्यसलाई प्रदेशगत प्रणालीमा रूपान्तरण गर्न आग्रह गरेको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले जानकारी दिए । यसबाहेक, मुख्यमन्त्री बाँनियासँग भेट गर्दै महासंघले ट्रक प्रमिट लिनका लागि प्रदेशअनुसार फरक–फरक करदरले व्यवसायमा समस्या आएको बताएको छ ।

महासंघका अनुसार मधेश प्रदेशमा ट्रक प्रमिट लिन १० हजार रुपैयाँ तिर्नु पर्नेमा बागमती प्रदेशमा १५ हजार रुपैयाँ तिर्नु पर्ने हुँदा व्यवसायीहरू सस्तो हुने प्रदेशतर्फ आकर्षित हुने गरेको र यसले बागमती प्रदेशको राजस्वमा कमी ल्याएको सुझाव दिएको हो । यसबारेमा मुख्यमन्त्री बानियाले समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएको महासचिव बाँनियाले बताए ।

त्यस्तै, महासंघले ट्रक तथा यातायात क्षेत्रसँग सम्बन्धित कतिपय कानुन संशोधन गर्नुपर्ने माग पनि राखेको छ । यसबारे मुख्यमन्त्री बानियाले विस्तृत छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...