IME Life
NIMB

विद्युतीय र आईसीई दुवै मोडलसहित टाटा मोटर्सको शोरूम अब धनगढीमा

NIMB
Himalayan Bank

 

धनगढी, भदौ १७ – टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जी.ए.आर.एस ट्रेडिङ कन्सर्न लाई आधिकारिक डिलर नियुक्त गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ।

मंगलबार सम्पन्न उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जी.ए.आर.एस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डे ले संयुक्त रूपमा उद्घाटन गरेका थिए। सो अवसरमा स्थानीय समुदाय, व्यवसायिक प्रतिनिधि तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो।

नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिमका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सनके३ ईभी र कर्भ ईभी— सजिलै खरिद गर्न सक्नेछन्। त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटा टियागो, पञ्च, नेक्सन र सफारी पनि उपलब्ध हुनेछन्।

सिप्रदी ट्रेडिङले गाडी बिक्री मात्र नभई फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, आफ्टर–सेल्स सेवा तथा ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने जनाएको छ।

जी.ए.आर.एस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले भने, “यो शोरूममार्फत सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं।”

सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेलले भने, “धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं।”

सोही कार्यक्रममा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको थियो।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...