CG Electronics
IME Life
NIMB

नेपालमा स्याहार अर्थतन्त्रलाई मूलधारमा ल्याउन जरुरी छ : उपाध्यक्ष अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले केयर अर्थतन्त्रलाई मूलधारमा ल्याउन आवश्यक भएको बताउनु भएको छ । आज काठमाडौँमा आयोजित एशिया–प्रशान्त केयर लर्निङ सप्ताह २०२५ कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष अधिकारीले “बिना भुक्तानी स्याहार कार्य र न्यून मूल्याङ्कन गरिएका स्याहार रोजगारहरू समाजको अदृश्य आधार भएको बताउनु भयो ।

उहाँले मूलधारको आर्थिक मापनले यसलाई समेट्न नसकेको र केयरलाई बेवास्ता गर्दा यसको लागत असमानता, नाजुकता, र उत्पादकत्व घट्ने र विकासका अवसर गुम्ने समेत बताउनु भयो । उपाध्यक्ष अधिकारीले नेपालको १६ औँ योजनामा केयर कार्यलाई औपचारिक, रोजगारी सिर्जना गर्ने र महिलाको आर्थिक सशक्तीकरणमा जोड दिने, गौरवपूर्ण श्रम प्रवर्द्धन कार्यक्रम मार्फत केयर कार्यलाई मर्यादित रोजगारीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

उहाँले महिलाहरूले बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहको सबैभन्दा ठुलो भार उठाइरहेको र यसले उनीहरूको शिक्षा र रोजगारीमा सहभागिता सीमित बनाएको समेत बताउनु भयो ।

साथै, उहाँले छिटै राष्ट्रिय केयर नीति ल्याउने तयारी भइरहेको भन्नुहुँदै जसले केयरलाई बृहत् अर्थतन्त्रमा समेट्ने समेत विश्वास व्यक्त गर्नु भयो । नेपालले वि.सं २००७ देखिनै लैङ्गिक उत्तरदायी बजेटिङ अभ्यास गर्दै आएको उल्लेख गर्दै उहाँले स्थानीय तहमा लैङ्गिक दृष्टिकोणसहितको वित्तीय व्यवस्थापन र स्रोत विनियोजन अपरिहार्य भएको समेत औँल्याउनु भयो ।

उहाँले, “केयरमा लगानी गर्नु केवल सामाजिक वा नैतिक मात्र नभई—यो स्मार्ट अर्थतन्त्र भएको यसले रोजगारी र उत्पादकत्व उच्च बनाउने, र यसबाट समावेशी आर्थिक वृद्धि सम्भव हुने समेत जानकारी दिनु भयो । उपाध्यक्ष अधिकारीले निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारलाई केयर पूर्वाधार र श्रम शक्ति विकासमा लगानी गर्न आह्वान गर्नुहुँदै यसको निम्ति क्षेत्रीय सहकार्य समेत आवश्यक भएको बताउनु भयो ।

नेपाल विकासिल राष्ट्रमा स्तरोन्नति हुने पुर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुनु आफैमा महत्त्वपूर्ण रहेको भन्नुहुँदै उहाँले नेपालको रूपान्तरण केवल आय र वृद्धिमा सीमित नभई सहनशीलता, समावेशीकरण, र साझा समृद्धिको आधार भएको बताउनु भयो ।

उपाध्यक्ष अधिकारीले हाम्रो जनसङ्ख्याको आधा महिला भए पनि, संरचनात्मक अवरोधहरूले अझै उनीहरूको औपचारिक अर्थतन्त्रमा पूर्ण सहभागितालाई अवरोध गरेको भन्नुहुँदै दिगो र अपरिवर्तनीय एलडीसी स्नातकका लागि महिलाको आर्थिक सशक्तीकरण अत्यावश्यक भएको र यसका लागि बिना भुक्तानीको केयर कार्यलाई मूल्याङ्कन र मान्यता दिनै पर्नेमा जोड दिनु भयो ।

उपाध्यक्ष अधिकारीले नेपालले राष्ट्रिय केयर नीति अघि बढाइरहेको भन्नुहुँदै जसले केयरलाई व्यापक म्याक्रो–आर्थिक योजनामा समेट्ने समेत बताउनु भयो । यसमा केयर पूर्वाधारमा लगानी, सार्वजनिक सेवाको विस्तार, र निजी क्षेत्रलाई केयर प्रदायकमा प्रोत्साहन गर्ने व्यवस्था गर्नु पर्नेमा समेत जोड दिनुभयो ।

उहाँले यी कदमहरू केवल सामाजिक दृष्टिले प्रगतिशील नभई आर्थिक रूपमा पनि ठोस भएको, जसले महिलाको रोजगारी, श्रम बजार सहभागिता, उत्पादकत्व र समावेशी वृद्धिमा प्रभाव पार्ने समेत बताउनु भयो । उहाँले दिगो वित्तीय सुनिश्चितताको लागि, सार्वजनिक वित्त व्यवस्थापनमा लैङ्गिक दृष्टिकोण समाहित गर्नु पर्ने भन्नु हुँदै स्थानीय सरकारलाई केयर सेवाका लागि प्राथमिकता निर्धारण र स्रोत विनियोजन गर्न आवश्यक क्षमता हुनुपर्नेमा जोड दिनु भयो ।

उहाँले स्थानीय स्तरको केयरमा लगानीलाई कल्याण खर्चको रूपमा नभई रणनीतिक आर्थिक लगानीको रूपमा हेर्नुपर्ने र यसका लागि विकास साझेदारहरूसँग घनिष्ठ समन्वय आवश्यक रहेको समेत बताउनु भयो । उपाध्यक्ष अधिकारीले केवल सरकारहरूले मात्र केयर अर्थतन्त्र बनाउन नसक्ने बताउनुहुँदै यसका लागि बहुपक्षीय संलग्नता पनि अपरिहार्य भएको बताउनु भयो । उहाँले निजी क्षेत्र, नागरिक समाज, र विकास साझेदारहरूलाई केयर पूर्वाधार, नवप्रवर्तन, र श्रम शक्ति विकासमा लगानी गर्न आह्वान समेत गर्नु भयो ।

उहाँले सार्वजनिक–निजी साझेदारीमार्फत समावेशी र वित्तीय रूपमा दिगो केयर प्रवाहका नयाँ मोडेलहरू विकसित गर्न सकिने समेत जानकारी दिनु भयो । केयर अर्थतन्त्र एसिया–प्रशान्तकै साझा चुनौती र अवसर भएको हुँदा यस्ता मञ्चहरूले दक्षिण–सहकार्यलाई प्रवर्द्धन गर्ने र यसकालागि क्षेत्रीय ऐक्यबद्धता महत्त्वपूर्ण हुने जसबाट आर्थिक रूपमा दिगो तथा सामाजिक रूपमा न्यायपूर्ण केयर प्रणाली निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले यस्ता खालका फोरमलाई उपयोग गरी केयर प्रणालीलाई लैङ्गिक समानता, समावेशी आर्थिक वृद्धि, र सामाजिक न्यायका इन्जिनमा रूपान्तरण गर्ने प्रतिबद्धता गर्न समेत आह्वान गर्नु भयो । उहाँले केयरलाई पहिचान, मूल्याङ्कन, र आर्थिक रूपमा समर्थन गरेर —सबैको हितका लागि प्रयोग गर्न सकिने समेत बताउनु भयो ।

http://National Planning Commission

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...