CG Electronics
IME Life
NIMB

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी एक दिने बृहत् अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था एएएल नेपाल प्रालिको सहजीकरण तथा संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

यो प्रशिक्षण कार्यक्रम मिति २०८३ साल जेठ ८ गते शुक्रवारका दिन भगवतीबहाल, नक्साल, काठमाडौँस्थित लिसरा रिसेप्सन्समा आयोजना गरिएको थियो ।

पुँजीबजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिमलाई न्यूनीकरण गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षणमा मुख्यत: नेपालको प्रचलित ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४’, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नवीनतम निर्देशिकाहरू, शङ्कास्पद कारोबार पहिचान गर्ने तरिकाहरू, र संस्थागत सुशासनका विविध पक्षहरूमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको थियो ।

ए.एम.एल. नेपाल प्रा. लि. का वरिष्ठ अनुपालन विज्ञहरूले उक्त ऐनका कानुनी व्यवस्थाहरू, ग्राहक पहिचान सम्बन्धी नियमहरू र ऐन उल्लङ्घन गर्दा हुने कानुनी कारबाहीका प्रावधानहरू सहित वास्तविक घटना र प्रयोगात्मक अभ्यासहरूको माध्यमबाट सहभागी कर्मचारीहरूलाई वित्तीय अपराध नियन्त्रणका व्यावहारिक उपायहरू बारे स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा आयोजित अन्तरक्रियात्मक सत्रमा कर्मचारीहरूले दैनिक कार्य सञ्चालनका क्रममा आउने व्यावहारिक चुनौतीहरू र तिनको कानुनी तथा प्राविधिक समाधानका विषयमा आफ्ना जिज्ञासाहरू राख्दै समाधानको उपायका बारेमा छलफल गरेका थिए ।

पारदर्शिता, संस्थागत सुशासन र सुरक्षित लगानी वातावरण कायम राख्न गरिमा क्यापिटल लिमिटेड सदैव प्रतिबद्ध रहेको कुरा विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ । साथै, यस प्रशिक्षण कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सहजीकरण संस्था एएमएल नेपाल प्रालिलाई गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हार्दिक आभार प्रकट गर्नुभएको छ ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...