CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ वटा सामुदायिक विद्यालयहरूलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक एवं गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले उक्त प्रविधिमैत्री सहयोग उपलब्ध गराएको हो।

यो हस्तान्तरण कार्यक्रम २०८३ जेठ ११ गते तनहुँको श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो। सो विशेष समारोहमा सिद्धार्थ बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस. नेपालका प्रतिनिधिहरू सहित विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्ज्वल भविष्य उनीहरूले हासिल गर्ने ज्ञान र सीपमा निर्भर हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै बैंकले यो कदम चालेको हो। यस प्रविधिमैत्री कार्यबाट तनहुँका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यो नयाँ प्रविधिले परम्परागत कक्षाकोठाको शिक्षण विधिलाई पूर्ण रूपमा परिवर्तन गरी दृश्यात्मक र अन्तरक्रियात्मक बनाउनेछ। भिडियो, चित्र तथा विभिन्न डिजिटल सामग्रीको प्रयोगबाट विद्यार्थीहरूले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने भएकाले शिक्षण र सिकाइ प्रक्रिया अझ रोचक, आधुनिक र प्रभावकारी बन्ने विश्वास बैंकले लिएको छ।

सिद्धार्थ बैंकले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको चौतर्फी विकासमा टेवा पुर्‍याउने उद्देश्य लिँदै आएको छ। स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न सामाजिक कार्यहरूमा लामो समयदेखि सक्रिय सहभागिता जनाउँदै आएको यस बैंकले आगामी दिनहरूमा पनि यस्ता शिक्षा र प्रविधि लक्षित सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बनाएको छ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...