CG Electronics
IME Life
NIMB

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम,सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज, सार्वजनिक भयो नयाँ दिपल एस०५

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

इटहरी, २० भाद्र । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलले कोशी प्रदेशको महत्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गर्नु भएको हो ।

नयाँ सोरुम उद्घाटनसँगै सर्ब मोटर्सले टेस्ट एक्ड एक्सचेन्ज सुरु भएको छ । भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।

भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजा।मा सफल सावित भएको छ । यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनुहुनेछ ।

 


यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ ।

दिपल एस०५ मा सर्वोत्कृष्ट फिचरहरु
शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो ।

दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।

साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ ।

दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।

नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसको मद्दतबाट साँगुरो ठाउँमा सहजै पार्किंग गर्न सकिन्छ ।

दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।

 

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर छन् । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिंग सेड्युल’ र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ ।

 

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

वि.सं.२०८३ जेठ १३ बुधवार २१:५३

  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा...

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:४२

  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...