CG Electronics
IME Life
NIMB

सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको छ : मुख्य सचिव अर्याल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए । उनका अनुसार, सिंहदरबारभित्र मात्र नभई बाहिरका धेरै सरकारी निकायहरूमा समेत गम्भीर क्षति पुगेको छ ।

अधिकारीले भने, ‘अब नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेसन, कर संकलनलगायतका सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइसकिएको छ ।’

त्यस्तै खानेपानी, बिजुली, टेलिफोन जस्ता आधारभूत सेवाहरू अवरुद्ध नहोस् भन्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको र आपूर्ति सहज बनाउन समेत पहल भइरहेको उनले बताए ।

उनका अनुसार, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भर्चुअल बैठक गरी तत्कालीन सेवा सञ्चालन तथा समन्वयको व्यवस्था मिलाइएको छ । सुरक्षाको जिम्मेवारी नेपाली सेनाको नेतृत्वमा भइरहेका कारण सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी दिँदै उनले भने,‘युवा पुस्ताले उठाएका मागहरू सम्बोधन हुनेगरी चाँडोभन्दा चाँडो सरकार गठन होस् भन्ने हाम्रो चाहना हो ।’

सरकार गठन भएपछि मन्त्रालयहरूबाट सेवाप्रवाहलाई निरन्तरता दिने कार्ययोजना बनाइरहेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रको क्षति मूल्यांकनपछि ड्यामेज नभएका निकायहरूबाट सेवा सञ्चालन सुरु गरिने बताए ।

यस क्रममा सवारी साधन र भवनसमेतमा भएको क्षतिको प्राविधिक मूल्यांकन गरेर कुन सामग्री मर्मतयोग्य छन् भन्ने पहिचान गरिने जनाइएको छ । अन्तरिम सरकार गठनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने,‘प्रधानमन्त्री नियुक्तिपछि राष्ट्रपति र सुरक्षासम्बन्धी निकायहरूसँगको संयुक्त सल्लाहअनुसार मात्र स्थान र व्यवस्थापनबारे निर्णय हुनेछ ।’

उनले अभिलेख र रेकर्डसम्बन्धी क्षति नेपालकै लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै, यथार्थ तथ्यांक संकलनका लागि अझ केही समय लाग्ने पनि जानकारी दिए ।

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...