CG Electronics
IME Life
NIMB

आन्दोलनको आगजनीले यातायात कार्यालय र सेवामा ठप्प, व्यवसायीलाई सहजता दिन ट्रक महासंघको आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौँ । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ।

यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कागजात नष्ट भइसकेका कारण व्यवसायीहरू थप समस्यामा पर्न थालेका छन्।

त्यसैले यस्ता पीडित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न र अनावश्यक दुःखकष्ट नदिन विभाग र सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ।

यता प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेपछि विभागका सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेका छन्।

विभागले यसले गर्दा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको जनाएको छ।

महासंघले विभागका महानिर्देशकसँग सम्पर्क गर्दा हाल विभागको भौतिक संरचना र प्रविधि पुनःसञ्चालन नआएसम्म काम गर्न कठिनाइ हुने जानकारी पाएको छ।

यद्यपि व्यवसायीलाई सहज वातावरण दिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहयोग र सहजीकरण गर्न महासंघले जोड दिएको छ।

यस्तै महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवराज शर्मासँगको छलफलमा समेत यो समस्या तत्काल समाधान गर्न सबै निकायले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। सचिव शर्माले मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...