CG Electronics
IME Life
NIMB

अर्थमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको छलफल, व्यवसायी सुरक्षादेखि कर सुविधा सम्मका २२ बुँदे सुझाव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी देशको वर्तमान जटिल अवस्थाबारे छलफल गरेको छ ।

व्यवसायीहरुसँगको सामूहिक छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरूको सुरक्षा, शान्ति र अमनचयन नै सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै सरकारलाई व्यवसायी उत्थानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकको अर्थतन्त्र खस्किँदै गएको भन्दै लगानीकर्ताहरू नेपालमा विश्वस्त हुने वातावरण सिर्जना गर्नुपर्ने, तोडफोडबाट भएको नोक्सानीमा बीमा रकम छिटो वितरण गर्नुपर्ने र नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ का कारण मूल्य वृद्धि भएको भन्दै अटोमोवाइल क्षेत्रले कर राजस्वमा २७ प्रतिशत योगदान दिएको वास्तविकता सरकारलाई स्मरण गराउनुभयो ।

चौधरीले नाडाले सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अटोमोवाइल व्यवसायलाई गतिशील बनाउनका लागि आवश्यक सुधारसहितका २२ बुँदे सुझावसमेत अर्थमन्त्रीलाई बुझाउनुभयो ।

छलफलमा विशेष गरी पेट्रोल र डिजेलमा आधारित सवारीसाधनका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सीमा ६० प्रतिशतबाट ८० प्रतिशत पुर्‍याउनुपर्ने माग पनि राखियो ।

सो अवसरमा अर्थमन्त्री खनालले आन्दोलनका कारण अटोमोवाइल क्षेत्रमा ठूलो नोक्सानी पुगेको स्वीकार गर्दै व्यवसायीहरूको सुझावलाई मनन गरेर आवश्यक निर्णय क्याबिनेटमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले व्यवसायीहरूको नोक्सानी विवरण संकलन गरी उपयुक्त राहत प्याकेज ल्याउने, बैंक तथा वित्तीय संस्थाबाट सुविधाप्राप्त हुने व्यवस्था मिलाउने र कर प्रणालीमा सहजीकरणका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले तातोपानी भन्सारमार्ग अवरुद्ध भएका कारण सवारीसाधन आयात प्रभावित भएको जानकारी दिँदै छिट्टै सञ्चालन गरिने बताए । साथै, सवारी प्रदूषण मापदण्डका असरबारे वातावरण मन्त्रालयसँग छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

भेटघाटमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय सदस्यहरू आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति पनि सहभागी हुनु भएको थियो ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...