CG Electronics
IME Life
NIMB

जेनजी आन्दोलनको उपलब्धीहरुलाई खेर जान दिनेछैन् : मन्त्री सिन्हा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनील कुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरुको आहुति खेर नजाने बताएका छन् ।

सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरुको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए ।

उनले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि र जुन प्रयोजनको लागि आन्दोलन भएको थियो, जुन कुरा उठाउनुभयो त्यसका लागि काम गर्नुपर्नेछ । जस्तो अहिले देशमा भइरहेको सुशासन र रोजगारीको अभावमा धेरैले ज्यान पनि गुमाउनु परेको छ । उहाँहरुले दिनु भएको देन र ज्यानको आहूति आगामी दिनमा खेर जादैँन् भन्ने विश्वास लिएको छु । मैंले जुनसुकै काम गर्दा पनि उहाँहरुको अनुहार मेरो अगाडि आउँछ । घाइतेहरुको अनुहार पनि आउँछ । सायद त्यसले मलाई उर्जा पनि दिन्छ ।’

यस्तै, उनले युवाहरुको सीप व्यवस्थापन र रोजगारीका कुराहरु आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरुलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए ।

उनले भने, ‘उद्योग र देशको अर्थ व्यवस्था चलाएमान भएन भने युवा साथीहरुले देशभित्र बस्ने वातावरण बन्न सक्दैँन् । त्यो वातावरण बनाउनको लागि उहाँहरुको क्षमता विकास गर्नुपर्ने अवस्था पनि छ । सबैभन्दा पहिला युवाहरुको सीप व्यवस्थापन, रोजगारीका कुराहरु नै पहिलो प्राथमिकता हुनेछ । जसको मृत्यु भएको छ, जो घाइते हुनुहुन्छ उहाँहरुलाई देशमा भएका उद्योगमा रोजगारी दिने विषयमा छलफल गर्नेछु ।’

 

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...