CG Electronics
Ncell NPL
NIMB

जेनजी आन्दोलनले सबैजना डराउने अवस्था सिर्जना भयोः निवर्तमान अध्यक्ष मल्ल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनपछि देशमा सबैलाई डराउने अवस्था सिर्जना भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालको प्रमुख चुनौती शान्ति सुरक्षा रहेको बताएका हुन् ।

मल्लले सरकारले व्यवसायीलाई नडराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले वार्षिक करिब ३ लाख जनसंख्या घट्ने तथ्याङ्क प्रस्तुत गर्दै स्टार्टअप प्रवद्र्धन र स्वदेशमै रोजगारी सिर्जनामा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार सरकारी कार्यालयको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाले व्यवसायीलाई अप्ठ्यारो बनाइरहेको छ, जसलाई छिटो समाधान गर्न आवश्यक छ । साथै, आईटी र एआई क्षेत्रमा नेपालले ठूलो सम्भावना रहेको भन्दै गाउँ–गाउँमा आईटी कार्यक्रम विस्तार गर्न सकिने सुझाव दिए ।

पर्यटन क्षेत्र ह्रास हुँदै गएको भन्दै उनले नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वव्यापी रूपमा प्रचार गर्न सरकारलाई आग्रह गरे । उनले अनौपचारिक कारोबार नियन्त्रण गरी करदाताको दायरा विस्तार गर्न सक्ने हो भने राजस्व वृद्धिमा मद्दत पुग्ने धारणा राखे ।

मल्लले अनावश्यक खर्च हुने रेमिट्यान्सको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै निजि क्षेत्रको धनजनको क्षतिले देशलाई ५–६ वर्ष पछाडि धकेलिएको पनि बताए ।

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड...

वि.सं.२०८२ चैत ३० सोमवार २३:४९

  काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस...

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...