CG Electronics
IME Life
NIMB

कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन

NIMB
Himalayan Bank

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सबै जिल्लास्थित कार्यालय प्रमुखहरूले कार्यस्थलमा पुगिसक्ने व्यवस्था मिलाउन भनेको हो ।

सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

यस सन्दर्भमा मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सो निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

सरकारले मौसम पूर्वानुमानलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन र जोखिम न्यूनीकरणमा सबै तहका सरकारी निकायलाई सक्रिय रहन आग्रह गरेको छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...