Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क र सुपर मोटो एबीएससहित

 

काठमाडौं ।टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर १२५ भारतीय बजारमा छिट्टै लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो अत्यन्तै लोकप्रिय १२५ सीसी कम्युटर बाइकलाई थप आधुनिक फिचर दिँदै बजारमा उतार्ने तयारी गरेको हो। नयाँ मोडल पहिले नै विभिन्न डिलरशिप र स्टकयार्डमा पुगिसकेको छ ।

नयाँ रेडर १२५ ले होन्डा एसपी १२५ र हिरो ग्ल्यामरसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ। कम्पनीले नयाँ संस्करणमा विशेषगरी सेफ्टी, ह्यान्डलिङ र परफर्मेन्समा सुधार ल्याएको छ, जबकि इन्जिन प्लेटफर्म भने उस्तै छ।

२०२५ रेडर १२५ मा अब सिंगल-च्यानल सुपर मोटो एबीएस र दुबै छेउमा ड्युअल पेटल-प्रकारका डिस्क ब्रेक उपलब्ध छ । यसले रेडरलाई आफ्नो सेगमेन्टमा पछाडिको डिस्क ब्रेकसहितको पहिलो मोटरसाइकल बनाउनेछ। बाइकमा फ्रन्टमा ९० सेक्सन र पछाडि ११० सेक्सनकाे फराकिलो टायर पनि जडान गरिएको छ । सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन राखिएको छ ।

नयाँ रेडरमा १२४.८ सीसीको एयर-कुल्ड, थ्री भल्व, सिंगल-सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले करिब ११.२ हर्सपावर र ११.७ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ। यसपटक टीभीएसले पावर बढाउनेभन्दा पनि ब्रेकिङ कन्फिडेन्ट र ह्यान्डलिङ सुधारमा ध्यान केन्द्रित गरेको छ।

बाइकमा पहिलेका जस्तै एलईडी हेडल्याम्प, टेलल्याम्प र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश छ । साथै, टप ट्रिम्समा ५ इन्चको टीएफटी डिस्प्ले, भ्वाइस असिस्ट र नेभिगेसन सुविधा पनि उपलब्ध छ।

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा, चिनियाँ बजारमा बुकिङ सुरु

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा,...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:२६

काठमाडौं। ग्रेटवाल मोटर (GWM) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५...

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई लन्च गर्यो

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१९

  काठमाडौं। यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई बजारमा...

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ बजारमा

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१६

काठमाडौं। टाटा मोटर्सले आफ्नो लोकप्रिय कुपे एसयूभी टाटा कर्भ र...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...