CG Electronics
IME Life
NIMB

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क र सुपर मोटो एबीएससहित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर १२५ भारतीय बजारमा छिट्टै लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो अत्यन्तै लोकप्रिय १२५ सीसी कम्युटर बाइकलाई थप आधुनिक फिचर दिँदै बजारमा उतार्ने तयारी गरेको हो। नयाँ मोडल पहिले नै विभिन्न डिलरशिप र स्टकयार्डमा पुगिसकेको छ ।

नयाँ रेडर १२५ ले होन्डा एसपी १२५ र हिरो ग्ल्यामरसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ। कम्पनीले नयाँ संस्करणमा विशेषगरी सेफ्टी, ह्यान्डलिङ र परफर्मेन्समा सुधार ल्याएको छ, जबकि इन्जिन प्लेटफर्म भने उस्तै छ।

२०२५ रेडर १२५ मा अब सिंगल-च्यानल सुपर मोटो एबीएस र दुबै छेउमा ड्युअल पेटल-प्रकारका डिस्क ब्रेक उपलब्ध छ । यसले रेडरलाई आफ्नो सेगमेन्टमा पछाडिको डिस्क ब्रेकसहितको पहिलो मोटरसाइकल बनाउनेछ। बाइकमा फ्रन्टमा ९० सेक्सन र पछाडि ११० सेक्सनकाे फराकिलो टायर पनि जडान गरिएको छ । सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन राखिएको छ ।

नयाँ रेडरमा १२४.८ सीसीको एयर-कुल्ड, थ्री भल्व, सिंगल-सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले करिब ११.२ हर्सपावर र ११.७ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ। यसपटक टीभीएसले पावर बढाउनेभन्दा पनि ब्रेकिङ कन्फिडेन्ट र ह्यान्डलिङ सुधारमा ध्यान केन्द्रित गरेको छ।

बाइकमा पहिलेका जस्तै एलईडी हेडल्याम्प, टेलल्याम्प र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश छ । साथै, टप ट्रिम्समा ५ इन्चको टीएफटी डिस्प्ले, भ्वाइस असिस्ट र नेभिगेसन सुविधा पनि उपलब्ध छ।

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म...

वि.सं.२०८३ जेठ २ शनिवार १८:२२

  काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक:...

वि.सं.२०८३ जेठ २ शनिवार १७:१६

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)...