एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

Saturday Oct 11, 2025
वि.सं.२०८२ असोज २५ शनिवार १४:३३

काठमाडौं। एन आईसी एशिया बैंकका ग्राहक महानुभावहरूका लागि अब वीरगंजस्थित किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने भएको छ।
आँखा उपचारमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा किरण आँखा अस्पताल र एन आई सी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले उक्त अस्पतालमा आँखा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट सुविधा पाउनेछन्।
ग्राहकहरूले अस्पतालमा उपलब्ध विभिन्न आँखा उपचार सेवाहरू — जस्तै सर्जरी, परामर्श, अप्टिकल सेवा तथा अन्य उपचार सेवाहरूमा छुटको लाभ लिन सक्नेछन्।
यस सुविधा प्रयोग गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ) एप मार्फत भुक्तानी गर्नुपर्नेछ।
एन आई सी एशिया बैंकले जनाएको छ कि किरण आँखा अस्पतालसँगको यो सहकार्यले ग्राहकहरूलाई सुलभ र डिजिटल सेवा प्रदान गर्नुका साथै नगदरहित कारोबार र डिजिटल भुक्तानी प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।