CG Electronics
IME Life
NIMB

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल वितरण गर्ने, तीन फण्ड र क्यापिटलको मुनाफाबाट लाभांश वितरण सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफा तथा संचित कोषबाट कुल रु. २८,०५,२१,०२० (अक्षरेपीः अठाइस करोड पाँच लाख एकाईस हजार बीस) बराबरको प्रतिफल वितरण सुरु गरेको जनाएको छ।

कम्पनीका अनुसार, सिटिजन्स म्युचुअल फण्ड–२ बाट ८.२५% नगद लाभांश (रु. ४,६२,००,०००) र सिटिजन्स सुपर–३० म्युचुअल फण्डबाट १२.७५% नगद लाभांश (रु. ९,५७,१७,२९७) वितरण कार्य २०८२ भदौ २० गते देखि सुरु गरिएको छ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ मिति २०८१ फागुन १९ गते परिपक्व भई खुद सम्पत्ति मूल्य रु. ११.३० का दरले हुन आउने रकमसहित रु. ९२,६६,०३,७२३ (अन्तिम वर्षको १३% लाभांश सहित) २०८२ जेठ २७ गते देखि वितरण भईरहेको कम्पनीले जनाएको छ।

साथै, सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नै मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई रु. ३,२०,००,००० लाभांश २०८२ भदौ २० गते देखि वितरण गरिरहेको जानकारी दिएको छ।

कम्पनीले विगतका वर्षहरूमा वितरण गरिएको नगद लाभांश हालसम्म नबुझेका इकाइधनीहरूलाई आफ्नो हितग्राही खाता (Demat Account) अद्यावधिक गरी सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन (Portfolio Management), संस्थागत परामर्श, अण्डरराइटिङ, शेयर रजिस्ट्रार तथा डिम्याट सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, बाटुलेघर, काठमाडौंमा रहेको छ। सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठ रहेका छन्।

कम्पनी सचिव रमेश लुईटेलद्वारा जारी प्रेस विज्ञप्तिमा सिटिजन्स क्यापिटलले आफ्ना लगानीकर्ता तथा इकाइधनीहरूलाई समयमै लाभांश बुझिलिन र बैंक खाता अद्यावधिक गर्न पुनः अनुरोध गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...